भारतीय कुखुरा प्रहरीको मिलोमतोमा भित्रिन थालेपछि झापाका कुखुरा व्यवयासी सडकमा

भारतीय कुखुरा प्रहरीको मिलोमतोमा भित्रिन थालेपछि झापाका कुखुरा व्यवयासी सडकमा

झापा । नेपालमा दैनिकी ठूलो परिमाणमा भारतीय बजारमा उत्पादित कुखुरा अबैध र मिलेमतोमा नेपाल भित्रिने गरेको छ ।दैनिक जसो सयौको हाराहारीमा साईकल मा पूर्वी नाका सँग जोडिएको सीमा क्षेत्रबाट तस्करहरुले नेपाल भित्राउने गरेका छन् ।

तर भित्रिने गरेका अवैध कुखुरा र अण्डाको केहीँ हिस्सा मात्र प्रहरी प्रशासनले समात्ने गरेको छ । त्यो नेपालमा भित्रिने कुखुराको संख्या हेर्ने हो भने १० प्रतिशत मात्र हुन आउछ ।

यसको अर्थमा अन्य कुखुरा कसरी नेपाल भित्रिन्छन् भन्ने प्रश्न आउन सक्छ रु अन्य कुखुरा हरु अबैध बाटो र प्रहरी प्रशासन सँग ड्यूटीको समय मिलेमतोमा नेपाल भित्रिने गर्दछ । पूर्वी नाकाको तिरिङ्ग,नकल्बन्दा,सतिघट्टा लगायतका क्षेत्रबाट रातको समयमा प्रहरीको आँखा छल्दै त कहीँले लाइन मिलाउदै भित्राउने गरेको एक प्रत्यक्षदर्शीको भनाई छ । यसले गर्दा नेपाली कुखुरा व्यवसायीहरु लाई असर पुग्दै आएको छ ।
प्रहरीले बरामत गरेको कुखुरा पशु क्वारेन्टाईनको रोहवरमा नष्ट गरेर उपलब्धी देखाउने गरेको भएपनि ठूलो रुपमा भित्रिने यस्ता कुखुरा बरामत गरेको भने कमै रुपमा देख्न सकिन्छ ।

नेपाली व्यवसायीले तताए सडक
नेपालमा भित्रिन थाले पछि झापा जिल्ला कुखुरा व्यवसायीले अर्वेध आयात कुखुरा रोक्नका लागि बृहत र्यालि काँकरभिट्टा बजारमा प्रर्दशन गरेको छ ।
शनिबार काँकरभिट्टामा बृहत सचेतना अभियान कार्यक्रमका २ सय भन्दा बढि व्यवसायी, किसान , संघ संस्थाका प्रतिनिधी ,नेपाल प्रहरी , शसस्त्र प्रहरीको सहभागीतामा काँकरभिट्टाको खेल मैदानबाट सुरु भएको बृहत र्याली ,मेची भन्सार गेट, भट्टराई चोक , साट्टिबिघा, देवकोटा पार्क, हुँदै मेची बस व्यवसायी प्रालिको भवनमा र्याली सम्पन्न भएको थियो ।

कस्ले के भने

त्यस पछि व्यवसायी प्रालिको सभाहलमा कुखुरा व्यवसायी संघका झापा जिल्ला अध्यक्ष बिवेक निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा बोल्दै प्रमुख अतिथि मेचीनगर नगरपालिका मेयर बिमल आचार्यले नेपालमा कुखुरा व्यवसायीमा किसान आत्मा निर्भर बनेको बताए । उनले बढि मात्रमा यो व्यवसायमा महिलाहरुकोृ आकर्ष देखिएको बताए । आचार्यका अनुसार मेचीनगरपालिकामा मासु जन्य उत्पादित बस्तुलाई व्यस्थित गर्नका लागि नियम निति बनाएको र भारत बाट दैनिकी रुपमा हजारौँको संख्यामा अर्बेध रुपमा भित्रिने कुखुरालाई प्रहरी प्रशान, व्यवासीय नगरको सहयोमा भारतीय बजारबाट नेपाल भित्रिने अर्बेध कुखुरा नियतन्त्रण गर्न बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधबप्रसाद पोखरेलले भने नेपाल एक कृषि प्रधान देश भएकाले प्राबिधिक रुपमा नेपालमा कुखुरा व्यवसानयीहरु आत्मा निर्भर बन्दै गएको उनले बताए । े
पोखरेलका अनुसार झापामा २ महिनाको अबधिमा बिभिन्न नाकाहरुबाट लुकाई छिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा ११ सय ८० केजी कुखुराको मासु बरामद गरेको बताए ।

पशु चिकित्सक सिताराम यादबले भने नेपालमा पहिलो पटक बल्ड फ्लु २०८मा झापामा यो रोग देखिएको उनले बताए । उनका अनुसार केहि दिन अगाडी नेपालमा ४१ ह्जार कुखुरा बल्ड फ्लुका कारण मृत्यु भएको बताए । उनले भने नेपालमा अर्बेध रुपमा कुखुरा भित्राउदा रोग नेपाल भित्रिने बताए ।त्यस्तै झापा चेकजाच गर्नका लागि ल्याप नभएको र ल्यापका लागि बिराटरनगर लादै गर्दा कखुरा मर्ने बताए ।यसका लागि यूनिकरण गर्नका लागि सरकारले खल्ुला सिमाना भएको जिल्लामा ल्याप राख्नु पर्नै बताए । रेडियो साथीबाट

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )