अन्तरजातीय विवाह गरेकी युवतीको जबर्जस्ती गर्भपतन, पति र गाउँपालिका अध्यक्ष फरार

अन्तरजातीय विवाह गरेकी युवतीको जबर्जस्ती गर्भपतन, पति र गाउँपालिका अध्यक्ष फरार

काठमाडौं । पाँचथरमा अन्तरजातीय प्रेमविवाह गरेकी १९ वर्षीया युवतीको जबर्जस्ती गर्भपतन गरिएको छ । कुम्मायक गाँउपालिका ५ स्याबरुम्बाका रमेश खडकाकी पत्नी सीता नेपालीको गर्भपतन गरिएको हो ।  त्यस्ताे कार्यमा संलग्न पति रमेशसहित परिवारका सदस्य मात्र होइन, जनप्रतिनिधि पनि मुछिएका छन् ।

गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा जबर्जस्ती गर्भपतन गराएको भन्दै पीडितले जाहेरी दिएकी छन् । पीडितले २२ माघमा जिल्ला प्रहरीमा कार्यालयमा किटानी जाहेरी दिएको भोलिपल्टै काठमाडौंमा रहेकी उपाध्यक्ष सीता आचार्यलाई कार्यभार सुम्पिएको निर्णय गरेर अध्यक्ष चेम्जोङ फरार भएका छन् ।

पीडित युवतीका पति र अन्य दुईजना पनि फरार छन भने आरोपी ३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । पीडित युवतीको जहेरीको आधारमा प्रहरीले भ्रूण पनि बरामद गरिसकेको छ । २१ साता भईसकेको भ्रूण जबर्जस्ती हत्या गरिएको युवतीको भनाइ छ । आजको नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )