दुई देवर मिलेर भाउजुको विभत्स हत्या

दुई देवर मिलेर भाउजुको विभत्स हत्या

तेह्रथुम। आठराई–४, ईवा तीन सल्लेरीमा आफ्नै दुईजना देवरबाट भाउजुको बिभत्स हत्या भएको खुलेको छ । बिहीबार २८ वर्षिया भाउजु विन्दा पुरीको हत्या देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले गरेको ईलाका प्रहरी कार्यालय संक्रान्तिका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिनुभयो ।

झापाबाट बुधबार राती गाडी रिजर्भ गरी भाउजु विन्दाको घरमा आएर हत्या गरी बिहिबार विहानै देवरहरु पुनः झापा फर्किएको प्रहरीले जनाएको छ ।

विन्दाको श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा छन् । श्रीमानले विन्दालाई मात्र पैसा पठाउने गरेको र आर्थिक चलखेल गर्न नपाएकाले हत्या गरेको सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरीलाई बयान दिएका छन् । घटनापछि अनुसन्धानको लागि प्रहरीले स्थानीय ५ जना युवालाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा रहेका स्थानीय ५ जना युवाहरुलाई शुक्रबारनै तारीखमा छाडिएको छ । हत्या गरेर मारिएकी बिन्दाको १० वर्षका र १५ महिनाका दुई छोरा छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )