परिक्षा नराम्रो भयो ? सित्तैमा लानुहोस् ट्रयाक सुट

रोङ । इलामको रोङ गाँउपालिका–४ मा रहेका दुई विद्यालयमा रोटरी क्लब अफ बिर्तामोड र रोट्रयाक क्लबले ट्रयाक सुट तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।
रोङ–४ मा रहेको बाल कल्याण आधारभूत हल्लुडे र गणेश आधारभूत ओझेलीमा पुगेर ट्रयाक सुट र शैक्षिक सामग्री वितरण गरिएको हो । इलामको दक्षिणी क्षेत्रमा रहेको विद्यालयमा सरकारी निकाय तथा अन्य सहयोगी संस्थाको खासै पहुँच नपुगि रहेका बेला बिर्तामोडको रोटरी क्लबले सहयोग गरेका हो ।
तामाङ र राई समुदायको बाहुल्यता रहेको उक्त क्षेत्र विपन्न समुदायका सर्वसाधारणको बसोबास रहेको स्थानीय मदन तामाङले बताए । रोटरी क्लब बिर्तामोडकी अध्यक्ष निकिता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा दुई विद्यालयका ४८ जना विद्यार्थीलाई ट्रयाक सुट,कापी, मास्क, साबुन वितरण गरिएको थियो । एक लाख मुल्य बराबरका सामान वितरण गरिएको जनाइएको छ ।
रोटरी क्लब अफ बिर्तामोडका पूर्व अध्यक्ष मिनप्रकाश मैनालीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै विकट क्षेत्रमा रहेका विद्यालयको शैक्षिक स्तर उकास्न यस्ता खालका सहयोगी कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा रोटरी क्लब अफ बिर्तामाडका पूर्व अध्यक्षहरु कुमार गिरी, विनोद बस्नेत, सुरेश बंशल, आमुद आर्चाय, प्रकाश शिवाकोटी, बबिता गिरी लगायतले झापासंग सिमा जोडीएर पनि विकट क्षेत्रका रुपमा रहेको रोङ गाँउपालिकाका सबै विद्यालयमा सहयोग गर्ने सामुहिक प्रतिबद्धता जनाएका छन् । उनीहरुले आफूहरुको सहयोगले विद्यार्थीको शैक्षिक स्तर सुधर्ने आशा ब्यक्त गरेका छन् ।
विद्यालयमा नै आएर सहयोग गरेको भन्दै बालकल्याण आधारभूतका प्रधानाध्यापक पदमबहादुर तामाङ र गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक घनश्याम माझिले रोटरीको सहयोगी हातहरुलाई धन्यवाद दिएका थिए । उनीहरुले यो सहयोगले आफूहरुलाई थप हौसला प्रदान गरेको बताए ।