देश १ मा संक्रमितको संख्या १३ पुग्यो, १८९७ जनाको नमूना परीक्षण

देश १ मा संक्रमितको संख्या १३ पुग्यो, १८९७ जनाको नमूना परीक्षण

विराटनगर। प्रदेश १ मा एक हजार ८९७ जनाको कोभिड–१९ परीक्षण गरिएको छ। यो संख्या आरडीटी र पीसीआर दुवै प्रविधिबाट गरिएको नमूना परीक्षणको हो ।

सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५२६ जनाको नमूना परीक्षण भएको छ। पीसीआर विधिबाट गरिएका कूल ३७१ परीक्षणमध्ये १३ जनाको नतिजा पोजिटिभ देखिएको छ।

उनीहरू सबै उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा बस्दै आएकारू हुन । संक्रमितमध्ये १२ भारतीय नागरिक र एकजना नेपाली रहेको मुख्यमन्त्री कार्यालय कोरोना सूचना डेस्कले जनाएको छ।

१३ जनाको कोशी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। आरडीटी विधिबाट जम्मा २१० महिला र एक हजार ३१६ जनाको परीक्षण भएको छ ।

पीसीआर विधिबाट भने ६८ महिला र ३०३ जना पुरुषको परीक्षण भएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या हिजो, वैशाखसम्म ६०६ जना पुगेको छ । २० जना क्वारेन्टाइन अवधि सकेर निस्किएका छन्।

स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसनमा ५ महिला र १७ पुरुषसहित २२ जना छन् । होम क्वारेन्टाइनमा चार हजार ४९ जना बसिरहेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )