झापामा थप २५ जनामा कोरोना,संक्रमितको संख्या ७९

झापामा थप २५ जनामा कोरोना,संक्रमितको संख्या ७९

झापा । झापा कचनकवलको क्वारेन्टिनमा रहेका थप २५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । हिजो दिउँसो मात्रै १७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । झापामा संक्रमितको संख्या ७९ पुगेको छ ।

सी कोभिड अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापामा थप २५ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकारसम्मेलनमा प्रवक्ता बिकास देवकोले जानकारी दिए ।

चनकवलमा मात्रै संक्रमितको संख्या ७३ पुगेको छ । कचनकवलमा बुधबार मात्रै जानकी आमावि क्वारेन्टिनका १५ जना थपिएका थिए । गाउँपालिकाले १६२ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )