मोटरसाइकलको ठक्करबाट गर्भवती महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट गर्भवती महिलाको मृत्यु

झापा,  मोटरसाइकलको ठक्करबाट गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ९ निवासी २३ बर्षीया दीक्षा प्रसाईँ (चम्लागाई) रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

मेची राजमार्गको चारआली -केचना सडक अन्तरगत भद्रपुर  ९ स्थित लक्ष्मी चोकमा बुधवार राति ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको मोटरसाइकलले पैदलयात्री दीक्षालाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट दीक्षाको टाउको, दुवै हात र घुँडामा चोट लाग्नुका साथै पेटभित्रको बच्चाको धड्कन नचलेपछि ओमसाई पाथीभरा हस्पिटल भद्रपुरमा भर्ना गरिएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि राति नै लाइफलाइन अस्पताल दमक लगिएकोमा दमक पुर्याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने चालक मेचीनगर नगरपालिका१३ निवासी ३६ वर्षीय मनप्रसाद तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )