छोरा या छोरी को दोषी ?

तुलसीराम खरेल
आम मानिसहरुमा परम्परा देखिनै एउटा ठूलो जिज्ञासा उठ्ने गरेको छ।त्यो जिज्ञासा जिज्ञासाकै रुपमा धेरैको जिवनमा रहिरहन्छ । जीव बिज्ञान भित्रको प्रजनन शाखाले त्यो जिज्ञासाको समाधान निकालेको छ। अब प्रश्न उठ्छ कि त्यो जिज्ञासा के हो ? किन आम मानिसहरु यसकोबारे भ्रममै जीवन बिताउन बाध्य भए तर यसै कुरालाई प्रष्ट्याउने चेष्टा यो आलेख मार्फत गर्न खोजिएको छ। मानिस बिकसित प्रकारको जनावर हो। यसमा चेतनाको स्तर अन्य जनावरभन्दा उच्च छ।
मानिस आफ्नो बंश कायम राख्नकोलागी समेत सचेत छ।मानिसकोलागी मैथुनिक प्रजनन यसको एकमात्र साधन समेत हो। मानव बिकासको क्रममा समाजमा रहन थाल्यो। समाज परिवारहरुको समूहनै हो भने परिवार निश्चित महिला र पूरूषद्वारा उत्पादित सन्तानहरुको ।सन्तान उत्पादनको क्रममा लिङ्ग पहिचान अर्को खुल्दुलीको कुरा हुनपुग्यो। छोरा या छोरी ? चाहना एउटा हुनसक्छ तर प्राप्ती अर्को। कसैको चाहना मुताविककै सन्तान प्राप्ती भएको हुन्छ। खुसी छाएको हुन्छ परिवारमा। कति परिवारहरु यस्तै कारणले तोडिरहेका हुन्छन।चाहना एउटा भएपनि सन्तान अर्को हुनसक्छ।
जे भएनी छोरा र छोरी मध्ये एउटा हुनेहो केही अपवादहरुलाई छोडेर। छोराको चाहना गर्दागर्दै दर्जनौ छोरीहरु भएका उदाहरणहरु अहिलेपनि प्रसस्तै देख्न र सुन्न पाइन्छ। तर छोरीको चाहना गर्दागर्दै छोराहरु थपिरहेका उदाहरणहरु त्यती पाइन्न ।चेतनाको अभावमा बग्रेल्ती सन्तानको बोझले न त बाबुआमा खुसी हुनसक्छन न त जन्मेका सन्तानकै उचित रेखदेख तथा शिक्षाको प्रबन्ध गर्न सकिन्छ ।
पछिल्लो समयमा एउटा सलोगन नेपाली समाजमा स्थापित बन्नपुग्यो ूदुइ सन्तान ईश्वरका वरदानू। यहाँ छोरा या छोरी भनिएको छैन केवल दुइ सन्तान ।त्यसैले यो बैज्ञानिक समेत छ। तर धेरैको चाहना एउटा छोरो र एउटा छोरी भएको राम्रो भन्ने मानसिकता रहेको पाइन्छ। भ्रुणको लिङ्ग निर्धारण को बारेमा हाम्रो समाजमा रहेका भ्रमहरु, परम्परागत मान्यताहरुले धेरैको परिवारमा समस्याहरु आउने गरेकाछन। यसको बैज्ञानिक आधारलाइ प्रष्ट नभएसम्म मानिसहरु भ्रममा रहने उत्तिकै सम्भावना रहिरहन्छ।
हाम्रो समाजमा पुण्यगरे पुत्र लाभ हुन्छ भन्ने कुराले गतिलै गरेर जरा गाडेको छ।पुण्यकार्य गराउनकोलागी पुत्रलाभको भ्रम छरिएको हुनसक्छ। गरुढ पुराणले पनि यतैतिर संकेत गर्दछ।उक्त पुराणले महिलाको रजश्च्वला भएको दिनलाइ आधार मानेर कतिऔं दिनमा गर्भधारण हुन्छ त्यसलाइ प्रमुख आधार बनाएको छ। जस्तै जोडी या बिजोडी दिन। चौधौं दिनमा गर्भरहेमा एकदमै गतिलो सन्तान हुन्छ भनिएको छ।
बिज्ञानले समेत महिनावारी पछिको चौधौं दिनलाइ मोस्ट फर्टाइल डे अर्थात गर्भधारणकोलागी अति नै संभाब्य दिन मानेको छ। यो महिलाको महिनावारी चक्रमा आधारित छ। महिनावारी भएको नवौं दिनपछिका बीसौं दिनसम्म गर्भधारण कालागी सकृय हुन्छन्।त्यस अघि र पछिका दिनहरुमा गर्भरहने संभावना हुँदैन् यदि महिनावारी चक्र सही छ भने।पश्चिमी समाजमा समेत भ्रामककुराहरु स्थापित छन्। एरिस्टोटलको समयमा दक्षिणबाट उत्तरतर्फ हावा चलेको बेला गर्भ रहेको खण्डमा छोरा जन्मन्छ भनेर बिश्वास गरिन्थ्यो । अव शरीर बिज्ञानले पूर्वको गरुढ पुराण र पश्चिमा ईभका कथा र प्री एरिस्टोटालियन सिद्धान्तहरुलाइ गलत साबित गरिदिएको छ।
हार्टवीग९१८७६० ले दुइओटा भाले र पोथी लैंगिककोषहरुको मिलन भएर गर्भाधानहुन्छ भन्ने तथ्य बाहिर ल्याइदिए। पछि सन् १९८१ मा हेनकिङले कोषभित्र रेशादार जालो पदार्थ क्रोमाटिन हुन्छ भन्ने तथ्यमात्र बताएनन उनले त एक्स क्रोमोजोमको अस्तित्वबारे पहिलोपटक धारणा प्रयोगात्मकरुपले सार्वजनिक गरे।मेक क्लूङ९१९०१०ले उक्त क्रोमोजोमले लिंग निर्धारणगर्ने तथ्य उजागर गरिदिएका हुन्। मानव शरीर करोडौं ससाना जीवकोषहरु द्वारा बनेको हुन्छ। प्रतेक कोषहरुको केन्द्रियभागलाइ न्यूक्लिअस भनिन्छ। न्यूक्लिअसभित्र छयालिस ओटा ससाना त्यान्द्राहरु रहेका हुन्छन्।
मानव शरीरको प्रतेक कोषहरुमा छयालिस ओटा त्यान्द्राहरु ९क्रोमोजोम० तेइस जोडा बनाएर रहेका हुन्छन्। तिनिहरु मध्ये तेइस ओटा पिताबाट र तेइस ओटा माताबाट गर्भधारणको बेलामानै प्राप्त भएको हुन्छ । महिला र पुरुषको शरीरमा बाइस जोडी क्रोमोजोमहरु दुरुस्तै हुन्छन्।तिनिहरुलाइ अटोजोम भनिन्छ। लिङ्ग निर्धारण गर्ने क्रोमोजोम एकजोडामात्र हुन्छ जसलाइ सेक्स क्रोमोजोम भनिन्छ। सेक्स क्रोमोजोम लाइ एक्स र वाई भनेर नामाकरण गरिएको छ। एक्स सेक्स क्रोमोजोम अलि ठूलो र सीधा हुन्छ भने वाई सेक्स क्रोमोजोम चाहीं अलि सानो र टुप्पोमाकेही बाङ्गिएको हुन्छ।महिलाहरुको शरीरको प्रतेक कोषहरुमा ञएक्स एक्सझ सेक्स क्रोमोजोम हुन्छन भने पुरुषहरुमा ञएक्स वाईझ सेक्स क्रोमोजोमहरु हुन्छन।
पुरुष जनेन्द्रीय अङ्गवाट उत्पादनहुने शुक्रकीटहरु दुइ प्रकारका हुन्छन एक्स सेक्स क्रोमोजोम बोकेका र वाई सेक्स क्रोमोजोम बोकेका। तर महिलाले उत्पादन गर्ने अण्डाणुका कोषहरु एकै प्रकारका हुन्छन्। तिनिहरु सबैले एक्स सेक्स क्रोमोजोम बोकेका हुन्छन्। गर्भधारणको समयमा पुरुषको एक्स सेक्स क्रोमोजोम बोकेको शुक्रकीटले महिलाको अण्डाणुसँग मिलनगर्योभने एक्स एक्स सेक्स क्रोमोजोम बोकेको सन्तान अर्थात छोरी जन्मन्छिन्। तर पुरुषको शुक्रकीटको कोष जसले वाई सेक्सक्रोमोजोम बोकेको हुन्छ ले महिलाको आण्डाणुसँग मिलन गर्न सक्योभने एक्स वाई सेक्स क्रोमोजोम भएको सन्तान अर्थात छोरो जन्मन्छ। यो सिद्धान्तलाइ लिङ्ग निर्धारणको क्रोमोजोम सिद्धान्त क्रोमोजोमल थेओरी अफ सेक्स डिटर्मिनेसन भनिन्छ। मानव सहित धेरै जीवहरुको लिङ्ग निर्धारण यसै सिद्धान्त मुताविक भएको पाइएको छ। चरा, माछा, र किराहरुमा चाहीं भाले एक्स एक्स र पोथी एक्स वाई प्रकारका हुन्छन्।तर मानिसमा हर्मोन, बंशाणुगत कुराहरु आदिले समेत लिङ्ग निर्धारणमा असर गर्दछन जसलाइ यस लेखमा उठाइएको छैन्।
खानपानमा परिवर्तन, हावापानी, स्थानपरिवर्तनले शुक्रकीटका कोषहरुको सकृयतामा परिवर्तन ल्याउँछ भन्नेकुरा प्रमाणित भएको छ। जे भएपनि वाई क्रोमोजोमधारी शुक्रकीट सकृय नभएसम्म छोरो जन्मन सक्दैन। मानिसको ईच्छा मुताविक एक्स वा वाई क्रोमोजोम सकृय भएको शुक्रकीट कसरी उत्पादन होला त र यस कुराको पुष्टी शरीरबिज्ञानले गरेको छैन्। यो खोजीको बिषय बन्न सक्छ।
माथिको बैज्ञानिक तथ्यका आधारहरुमा गर्भमा रहेको मानव भ्रुणको लिङ्ग के हुनेरु पुरुष कि महिला रु भन्नेकुरा लोग्ने वा स्वास्नी कसैको इच्छाअनुसार हुँदो रहेनछ भन्ने प्रष्ट हुन्छ। बरु यस कुराको जिम्मेवार पक्ष चाहीँ पुरुषकै शुक्रकीटको प्रकार रहेछ भन्ने कुरापनि प्रष्ट छ। त्यसकारण हाम्रो समाजमा छोरी छोरी जन्मेका भनि लोग्ने मानिसले दोस्रो तेस्रो बिवहागर्नु, छोरी पाएको भनि महिलालाइ अपहेलना गर्नु अन्धबिश्वास र सामाजिक बिकृतिहरु हुन।
तिनिहरुको कुनै आधार छैन्। त्यसकारण यस्ता कुराहरुको दोश कोही कसैलाइ लगाउन मिल्दैन्।पुरुष र महिला बाहेक तेस्रो लिङ्गीहुने कारणहरुपनि अनेकौ छन। त्यसमापनि कसैको हात वा श्राप हुंदैन। लिङ्ग निर्धारणका कुरालाइ लिएर कोही कसैले घरेलु हिंसा र प्रतिहिंसाको सिकार हुन नपरोस, सबैले सम्मानपूर्वक जीवन जिउन पाउन। सबैलाइ चेतना भया, अस्तु ।