तीन जना सवारी चालकलाई सम्मान

तीन जना सवारी चालकलाई सम्मान

बिर्तामोड । विश्वकर्मा पूजाको अवसर पारेर नेपाल यातायात मजदूर संघ हल्का सवारी चालक नगर समिति बिर्तामोड झापाले तीन जना सवारी चालकलाई सम्मान गरेको छ ।

 

नेपाल यातायात मजदूर संघ हल्का सवारी चालक नगर समिति बिर्तामोडका अध्यक्ष प्रदीपकुमार लिम्वूको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ठ सवारी चालकको रुपमा उनीहरुलाई सम्मान गरेको हो ।

यसरी सम्मानित हुने सवारी चालकहरुमा कोमलकान्त अधिकारी, दिपक दर्नाल दर्जी र धनबहादुर माझी रहेका छन् । उनीहरुलाई खादा र सम्मानपत्रले सम्मान गरिएको थियो ।

 

नेपाल यातायात मजदूर संघ हल्का सवारी चालक नगर समिति बिर्तामोडका उपाध्यक्ष अलिशेख महमदले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव शंकर चम्लागाईंले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )