बिर्तामोडमा तेस्रो वडास्तरीय फुटवल प्रतियोगिताको तयारी

बिर्तामोड । झापाको बिर्तामोडमा सोमबारबाट तेस्रो वडास्तरीय फुटवल प्रतियोगिताको तयारी गरिएको छ ।
नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजना तथा वडा खेलकुद विकास समिति बिर्तामोड नपा –१० को सह आयोजनामा असोज १८ गतेदेखि २५ गतेसम्म वडास्तरीय फुटवल हुने पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
बिर्तामोड नपा –१० को महेन्द्र ज्योती माविको खेल मैदानमा हुने वडास्तरीय फुटवलमा बिर्तामोड नगर पालिकाकै १० वटा वडाबाट खेलाडीहरुको सहभागिता रहने नगर खेलकुद विकास समिति बिर्तामोडका अध्यक्ष टिकाप्रसाद संग्रौलाले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ७५ हजार र उपविजेताले नगद ५० हजारसहित ट्रफी मेडल पुरस्कार पाउने उनले बताए ।
प्रतियोगिताका लागि ६ लाख खर्च अनुमान गरिएको उपाध्यक्ष केशव भण्डारीले जानकारी दिए । प्रतियोगिताको फाइनलमा नगरपालिकाका कर्मचारी र समितिबिच मैत्रीपूर्ण खेल हुने उनले वताए ।
नेपालीहरुको आशन्न चाडपर्वको शुभकामनासहित फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष संग्रौलाले बताए ।