तिहारको रमझम बालापन गीत र म्युजिक भिडियो सार्वजनिक

बिर्तामोड । नेपालीहरुको महान पर्व तिहारको अवसर पारेर तिहारको रमझम बालापन नामक तिहारको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ ।
फ्रेण्डसिप मिडिया एण्ड इन्टरटेण्मेण्ट प्रालिको प्रस्तुती रहेको तिहारको रमझम बालापन नामक तिहारको गीतको शव्द,स्वर र संगीत राज लावतीको रहेको छ । क्रोमाटिक रेकर्डिङ स्टुडियो बिर्तामोडमा रेकर्डिङ गरिएको गीतको एरेन्जर देव लावर रहेका छन् ।
यसैबीच तिहारको रमझम बालापन नामक तिहारको गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । बुडासुव्वा डिजीटल युट्युव च्यानलबाट सार्वजनिक गरिएको तिहारको रमझम बालापन गीतको भिडियो उत्पादन कि लाईट मोसन पिक्चर्स गरेको छ भने छायांकन सम्पादन र रङ संयोजन योगेश दाहालले गरेका छन् ।
पदम तामाङको श्रङ्गार रहेको गीतको म्युजिक भिडियोको निर्देशन राज लावतीले गरेका छन् ।तिहारको रमझम बालापन नामक तिहारको गीतको म्युजिक भिडियोमा राज लावती, तुलसीप्रसाद निरौला, नहिम अलि, अजय चौधरी, प्रताप सुनुवार, राकेश दर्नाल, सन्दिप बिक, नियारा लावती, सेसेहाङ लिम्बु, रोहन रसाइली, युनिक खड्का, मदन ठटालको अभिनय रहेको छ ।
तिहारको रमझम बालापन गीतको भिडियो बालापनको तिहारको यादहरु ताजा गराउने एकदमै मार्मिक र हेर्नै पर्ने भिडियो बनेको दर्शकको प्रतिकृया छ ।