यामाहाको एफजेड भिथ्रि एक्स कनेक्ट मोटरसाइकल बिर्तामोडमा

यामाहाको एफजेड भिथ्रि एक्स कनेक्ट  मोटरसाइकल बिर्तामोडमा

बिर्तामोड । झापाको बिर्तामोडमा यामाहाको एफजेड भिथ्रि एक्स कनेक्ट मोडलको मोटरसाइकल बिक्री शुरु गरिएको छ ।बिर्तामोडमा रहेको यामाहाको सोरुम सयपत्री ट्रेडलिंकले उक्त मोडलको मोटरसाइकल सार्वजनिक गरी बिक्री शुरु गरेको हो ।

 

बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्यले संयुक्त रुपमा उक्त मोटरसाइकल सार्वजनिक गरेका थिए ।
यामाहा मोटसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले उक्त मोटरसाइकल नेपाल भित्र्याएसंगै यामाहाको सोरुम मार्फत मोटरसाइकल सार्वजनिक गरी बिक्री शुरु गरेको बिर्तामोडमा रहेको यामाहाको सोरुम सयपत्री ट्रेडलिंकका सञ्चालक विनोद वस्नेतले बताए ।

े कम्पनीले बिएस ६ इन्जिनसहितको यामाहा एफजेड भी ३ मा ब्लुटुथ कनेक्ट फिचर भएको यामाहा एफजेडको ४ कलर अप्सनमा नेपालमा ल्याएको हो । कम्पनीले भित्र्याएको डार्कनाइट भेरियन्टको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ भने अन्य तीन कलरको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेको सयपत्री ट्रेडलिंकका सञ्चालक बस्नेतले जानकारी दिए ।
उक्त मोटरसाइकलमा जडित ब्लुटुथ रहेको छ जसले गुगल प्लेस्टोर र आईओ एसमा पाइने ‘यामाहा मोटरसाइकल कनेक्ट एक्स’ निःशुल्क डाउनलोड गरी बाइकको स्मार्ट मोडका जीवनका सुलभ बनाउने सुविधा लिन सकिने कम्पनिले जनाएको छ ।
मोटरसाइकलमा ब्लुटुथ प्रबिधिको पहिलो सुविधा ‘एन्सर ब्याक’, दोस्रो सुविधा ‘इ–लक’ ब्यवस्था, ‘लोकेट माई बाइक’, ‘राइजिङ्ग हिस्ट्री; ‘पार्किङ रेकर्ड’ र हजार्ड जस्ता सुविधा रहेको कम्पनिले जनाएको छ ।

 

यामाहा एफजेड भी ३ को भिन्टेज एडिसनमा मुख्यतः यसको ग्राफिकमा परिवर्तन ल्याएको छ । यसको सिटको साइज बढाएर अझै कम्र्फट बनाएको छ भने सिटमा लेदर मेटेरियल प्रयोग भएकाले प्रिमियम फिल प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।
साथै, यसमा कम्पनीले मफ्लर कभरलाई नयाँ डिजाइन दिएको छ भने इन्जिन कौल समेत थप गरेको छ । यसका अलावा कम्पनीले यामाहा कनेक्ट–एक्स टेक्नोलोजी प्रयोग गरेको छ ।
भिन्टेज एडिसनमा कम्पनीले कुनै पनि मेकानिकल परिवर्तन भने गरेको छैन । यसमा १४९ सिसी एसओएचसी, एयरकुल्ड, सिगंल सिलिन्डर एफआइ इन्जिन रहेको छ । यो इन्जिनले १२.४ पिएस पावर तथा १३.६ एनएम टर्क जेनेरेट गर्छ ।
ब्लुटुथ सुविधाबाहेक यो मोटरसाइकल १३५ केजीको अहिलेसम्मकै हल्का वजनको छ भने यस मोटरसाइकलमा १४० सेक्सनको रेडियल टायर राखिएको छ, साइड स्ट्यान्ड हटाइएको कम्पनिले जनाएको छ ।
यामाहाको हरेक एफ जेड सिरिजले हरेकपटक ग्राहकले खोजेजस्तै सुविधा दिएर आजसम्म नेपाली बाइकप्रेमीहरूको मन जित्न सफल भइरहेको बताइएको छ । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लिला अनमोलले गरेकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )