जनश्रुती साकोसको रक्तदान

जनश्रुती साकोसको रक्तदान

बिर्तामोड । जनश्रुती महिला बचत तथा ऋण सहकारी संस्था बिर्तामोड –५ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेको संस्थाकी सदस्य कमला अधिकारी भट्टराईले जानकारी दिइन् ।

झापामा भइरहेको रगतको अभाव टार्न रक्तदान कार्यक्रमको आयोजना गरेको संस्थाकी अध्यक्ष तुलकुमारी राजवंशीले बताइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )