झापाका तीन गाउँपालिकाका कृषकलाई मकै र खरवुजाको बीउ वितरण

झापाका तीन गाउँपालिकाका कृषकलाई मकै र खरवुजाको बीउ वितरण

बिर्तामोड । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट पीडित बनेका झापाका गौरीगञ्ज गाउँपालिका, कचनकवल गाउँपालिका र झापा गाउँपालिकाका कृषकहरु गत असोजको अन्तिम हप्ता आएको वेमौसमी वाढीले वर्षभरि खाने धान नष्ट गरेपछि झनै पीडित बनेका थिए । उनीहरु अब के खाएर वाँच्ने भन्ने चिन्तामा थिए । यस्तो अवस्थामा न्याय तथा विकासका लागि सामाजिक सञ्जाल झापा(एसएनजेडी)ले मकै र खरबुजाको बीउ वितरण गरेपछि उनीहरुमा खुशीको सिमा नै थिएन ।

अष्टेलियन गभरर्मेन्ट डिपार्टमेन्ट अफ फरेन अफेयरर्स एण्ड टेड र लुथरन वल्र्ड फेडेरेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा डिफ्याट इकोनोमी रिकभरी प्रोजेक्ट अन्तर्गत सामुदायिक शशक्तिकरण विकासका लागि स्थानीय पहल परियोजना र कोभिड –१९ इमर्जेन्सी रेस्पोन्स फर नेपाल परियोजना मार्फत एसएनजेडीले तीनवटै गाउँपालिकाका कृषकहरुलाई मकै र खरवुजाको बीउ वितरण गरेको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले बताए ।

कोरोना भाइरसको महामारीबाट पीडित बनेका तथा गत असोजको अन्तिम हप्ता आएको वेमौसमी वाढीबाट प्रभावित बनेका कृषकहरुलाई आर्थिक पुनसर््थापनाका लागि मकैको बीउ र खरबुजाको बीउ वितरण गरेको उनले बताए ।

एसएनजेडीले झापाका गौरीगञ्ज गाउँपालिका, कचनकवल गाउँपालिका र झापा गाउँपालिकाका दुई सय १५ जना कृषकलाई मकैको बीउ र २४ जना कृषकलाई खरवुजाको बीउ वितरण गरेको कार्यक्रम अधिकृत रञ्जन धमलाले जानकारी दिए ।

एसएनजेडीले झापाका तीनवटै गाउँपालिकाका कृषकहरुलाई छ लाख ७४ हजार रुपैयाँ बरावरको आठ सय २० केजी मकैको बीउ र खरवुजाको बीउ वितरण गरेको उनले बताए ।
एसएनजेडीले झापाका गौरीगञ्ज गाउँपालिका, कचनकवल गाउँपालिका र झापा गाउँपालिकामा विविध क्षेत्रमा कार्य गर्दै आएको एसएनजेडीका अध्यक्ष सोमनाथ भट्टराईले बताए ।

आफ्नो गाउँमा आएर आफूहरुलाई दुःख परेको बेला एसएनजेडीले मकै र खरबुजाको बीउ बाँडेकोमा उनीहरुले एसएनजेडीलाई धन्यवाद दिएका थिए । उनीहरुले भने – बाढीले खेतमा लगाएको सवै धान लग्यो , अब मकै रोपेर ,त्यही मकै फलाएर पेट भरिन्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )