हाम्रो नेपाल साकोसको नवौं सभा

बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षता तथा संघीय साँसद धर्मशिला चापागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष पृथ्वी ओलीले स्वागत गरेका थिए ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला , समाजसेवी रमेश गुरागाईं, राष्ट्रिय सहकारी वैंक बिर्तामोडका शाखा प्रवन्धक विवेक डाँगीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष भवानी दंगालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक बर्ष २०७७/०७८ असार मसान्तसम्ममा शेयर सदस्य १६ हजार ३ सय ७२ जना, शेयरपुँजी १२ करोड ५२ लाख २९ हजार ७ सय रुपैयाँ , बचत निक्षेप हिसाव ७२ करोड ५० लाख ८ हजार ९ सय ३१ रुपैयाँ, कोष हिसाव ४ करोड ३ लाख ८३ हजार ५ सय ९७ रुपैयाँ, लगानीमा रहेको रकम १ अर्व २७ करोड ४० लाख ७० हजार ५ सय ३३ रुपैयाँ, संस्थाको आवद्धता र लगानी ५२ लाख ९७ हजार ६ सय रुपैयाँ, कर्जा लिएको हिसाव ५८ करोड २१ लाख ८६ हजार २ सय ८९ रुपैयाँ जम्मा आम्दानी १७ करोड ५५ लाख ४५ हजार ६ सय ७ रुपैयाँ, जम्मा खर्च १६ करोड ७३ लाख २३ हजार ३ सय ३० रुपैया र नाफा ८२ लाख २२ हजार २ सय ७७ रुपैयाँ ३४ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी कूल कारोवार वासलात १ अर्व ५० करोड ८२ लाख ५१ हजार ३ सय ८१ रुपैयाँ रहेको प्रतिवेदनमा छ ।
संस्थाले ८०जनालाई सुत्केरी सुविधा , एक सय १२ जनालाई नवजात शिशु सुविधा , तीनवटा संस्था सहित १३ जनालाई आर्थिक सहयोग, आठ जनालाई उपचार सहयोग, १४ जनालाई कर्जा सुरक्षण कोष अन्तर्गत सहयोग ,एक सय सात जना सुत्केरीलाई पोषण तथा न्यानो कपडा, एक हजार १७ जना वाल सदस्यलाई जन्मदिन उपहार, ३९ जना सदस्यलाई वैवाहिक वर्षगाठ उपहार प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा उत्कृष्ट उद्यमी गोविन्द खत्री, गंगादेवी गुरुङ, उत्कृष्ट बचतकर्ता तारानाथ भट्टराई, सम्झना ढकाल, वाल वचतकर्ता इहान राजवंशी, ज्येष्ठ बचतकर्ता तुलसादेवी भट्टराईंलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा लेखा समिति संयोजक कृष्णराज कटुवालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेको शिक्षा उपसमिति सदस्य ताराप्रकाश भट्टराईले जानकारी दिए ।