सम्पन्न साकोसको अध्यक्षमा राजवंशी

सम्पन्न साकोसको अध्यक्षमा राजवंशी

बिर्तामोड । झापाको बिर्तामोड–१ स्थित सम्पन्न बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा टीमलाल(राज) राजवंशी निर्वाचित भएका छन् ।

संस्थाको आठौं वार्षिक साधारण सभाले राजवंशीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्ष विवेक (वुद्धीराज)दंगाल, सचिव विदुर वस्नेत, सहसचिव निमेश ढुंगेल, कोषाध्यक्ष देवीमाया न्यौपाने चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कमल वानियाँ, राजन वुढाथोकी, तारा शेर्पा ,कमल श्रेष्ठ रहेका छन् ।
सोही साधारण सभाले नरेश चुडाल संयोजक र विकास राजवंशी र इन्दिरा अधिकारी सदस्य रहेको लेखा सुपरिवेक्षण समिति गठन गरेको छ ।

नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति गठन गर्न गरामनी कृषि सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईंको संयोजकत्वमा प्रकाश वराल र सन्नी दास सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
संस्थाका अध्यक्ष सन्तोष सुव्वाको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सदस्य केशव वस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विवेक (वुद्धीराज)दंगालले स्वागत गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुव्वाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा शेयर सदस्य २ हजार ६ सय ५ जना, शेयर पूँजी १६ लाख ३५ हजार ५० रुपैयाँ, निक्षेप १ करोड ८ लाख ४५ हजार ९ सय ५८ रुपैयाँ , ऋण लगानी १ करोड २८ लाख १९ हजार ९ सय ७४ रुपैयाँ , आम्दानी ३५ लाख ३१ हजार ५४ रुपैयाँ , खर्च २८ लाख ५२ हजार ८ सय ३ रुपैयाँ गरी बचत ६ लाख ७८ हजार २ सय ५१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक उद्धवराज गिरीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष राधाकृष्ण अधिकारी, गरामनी कृषि सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईं, देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बराललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी पूर्व सदस्य देवीमाया न्यौपानेले गरेकी थिइन् ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )