पतालगंगा साकोसको अध्यक्षमा मोहनविक्रम मल्ल

पतालगंगा साकोसको अध्यक्षमा मोहनविक्रम मल्ल

बिर्तामोड । झापाको बिर्तामोड–५ स्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मोहनविक्रम मल्ल निर्वाचित भएका छन् ।

संस्थाको १३ औं वार्षिक साधारण सभाले संस्थाको रिक्त रहेको अध्यक्ष पदमा मल्ललाई चयन गरेको हो । त्यस्तै सोही साधारण सभाले संस्थाको सचिवमा सार्कीधन राईलाई चयन गरेको छ । संस्थाका उपाध्यक्ष टंकप्रसाद भेटवालको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष चम्पा खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य सञ्चार राईले स्वागत गरेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष भेटवालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य १ हजार ४ सय २९ जना, शेयर पूँजी ६८ लाख ५४ हजार ७ सय रुपैयाँ, निक्षेप २ करोड ४९ लाख ६३ हजार ३ सय ४८ रुपैयाँ ७४ पैसा, ऋण लगानी २ करोड ७७ लाख ९३ हजार १ सय ८८ रुपैयाँ ६३ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा जिल्ला बचत संघका सदस्य हिमालयप्रकाश कन्दङ्वा, वुद्धनगर बचत तथा ऋण सहकारी संस्थाका सचिव देवीभक्त आचार्य, राष्ट्रिय हिन्दू एकता मञ्चका अध्यक्ष इन्द्रप्रसाद ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक रामप्रसाद वाँस्कोटाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र ऋण उपसमितिकी संयोजक इन्दिरा श्रेष्ठले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव मोहनविक्रम मल्लले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )