बिर्तामोडका नामगेललाई नेपाल आईडल सिजन –४ को विजेता बनाउन भोट गर्न आग्रह

बिर्तामोडका नामगेललाई नेपाल आईडल सिजन –४ को विजेता बनाउन भोट गर्न आग्रह

बिर्तामोड । झापा बिर्तामोडका नामगेल तामाङ एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आईडल सिजन –४ को टप १२ मा परी भोटीङ राउण्डमा प्रवेश गरेका छन् ।

झापाको बिर्तामोडमा रहेर आफ्नो साँगितीक यात्रा अगाडी बढाउँदै गएका उनी नेपाल आईडल सिजन– ४ मा सहभागी हजारौं प्रतिस्पर्धीमध्ये १ सय २६ मा छानिएर १ सय १६ जनालाई पछि पार्दै टप ३० मा परेका थिए । उनी टप ३० मध्येबाट आफ्नो उत्कृष्ठ प्रस्तुतीका आधारमा टप १२ मा परेर भोटीङ राउण्डमा प्रवेश गरेका हुन् । उनको बिहीबार राति १० बजेदेखि भोटिङ राउण्ड सुरु भएको हो ।

झापा बिर्तामोडका नामगेल तामाङलाई भोटीङ गर्न स्वदेशमा रहने शुभचिन्तकहरुले आफ्नो मोबाइलमा सेलपे र विदेशमा रहनेले सृष्टी एप डाउनलोड गरी त्यसमा भोटिङ कोड ०७ टाइप गरी ३७००० मा सेन्ड गर्न सकिने छ । बिहीबार राति १० बजदेखि भोटिङ खुल्ला गरिएको भोटिङ सोमबार दिउँसो १२ बजेसम्म सञ्चालन हुने बताइएको छ । झापा बिर्तामोडका नामगेल तामाङलाई नेपाल आईडल सिजन– ४ को विजेता बनाउन सवैलाई भोट गरिदिनु हुन कृति भट्टराईले आग्रह गरेकी छिन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )