श्रीकृष्ण प्रणामी मन्दिर बिर्तामोड–२ चारपानेको स्वर्ण महोत्सवको आयव्यय सार्वजनिक

श्रीकृष्ण प्रणामी मन्दिर बिर्तामोड–२ चारपानेको स्वर्ण महोत्सवको आयव्यय सार्वजनिक

बिर्तामोड । झापाको बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले दुई बर्षअघि आयोजना गरेको स्वर्ण महोत्सव तथा श्रीमत्तारतम सागर १०८ पाठ पारायण(श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ)बाबा श्रीगोपीदास स्मृति तथा कलश अनावरण कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ ।

श्रीकृष्ण प्रणामी मन्दिर बिर्तामोड–२ चारपानेमा २०७६ फागुन २१ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रमबाट आम्दानी एक करोड ४७ लाख ६ हजार ८ सय ४८ रुपैयाँ भएकोमा एक करोड ५० लाख ६ हजार ६ सय ५१ रुपैयाँ खर्च भएको छ । त्यस्तै विभिन्न दाताहरुबाट उठ्न बाँकी ४ लाख ६ हजार ३ सय १५ रुपैयाँ रहेको छ भने अक्षयकोषको ४ लाख ७ हजार रुपैयासहित १२ लाख ७० हजार ५ सय ६० रुपैयाँ तिर्न बाँकी रहेको छ ।

 

श्रीकृष्ण प्रणामी मन्दिर गोपीधाम धरानका गादीपती तथा श्रीकृष्ण प्रणामी मन्दिर बिर्तामोड –२ चारपानेका संरक्षक तथा स्वर्ण महोत्सवका संयोजक जगतनन्दन शास्त्रीजी महाराजको अध्यक्षता तथा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य चन्द्र डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर बिर्तामोड –२ चारपानेका अध्यक्ष राजेन्द्रकुमार बस्नेतले स्वागत गरेका थिए ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् झापाका अध्यक्ष टहलदास ओली, श्रीकृष्ण प्रणामी युवा परिषद् प्रदेश –१ का अध्यक्ष अनिल ढुंगाना, श्रीकृष्ण प्रणामी सत्संङ सेवा परिषद् झापाका अध्यक्ष मिलन बस्नेत लगायतले शुभकामना मन्तव्य राखेको स्वर्ण महोत्सव मुल आयोजक समितिका सचिव महेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।

कार्यक्रमको संचालन श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय उपाध्यक्ष तथा स्वर्ण महोत्सव मुल आयोजक समितिका महासचिव शारदाप्रसाद थपलियाले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )