डान्स च्याम्पियन नेपालमा झापाको डिएसपिडी क्रुलाई विजेता बनाउन भोट गर्न आग्रह

डान्स च्याम्पियन नेपालमा झापाको डिएसपिडी क्रुलाई विजेता बनाउन भोट गर्न आग्रह

बिर्तामोड । कान्तिपुर टेलिभिजननाट हरेक बिहिवार र शुक्रबार प्रसारण हुने नेपालको चर्चित एवम् धेरै पुरस्कार राशी भएको डान्सिङ रियालिटि शो डान्स च्याम्पियन नेपालमा झापाको डिएसपिडी क्रु उत्कृष्ट १२ पुग्न सफल भएको छ।

झापाका होनाहार डान्सिङ प्रतिभाहरु दिलमाया लिम्बु, सरस्वती धिमाल, प्रताप सुनुवार र दिपेश राईले डिएसपिडी समूह नामाकरण गरि उक्त प्रतियोगितामा भाग लिएका हुन् ।

पूर्वको विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट स्थान हासिल गरि सकेको उक्त समुह हाल राष्ट्रब्यापि प्रतियोगिता डान्स च्याम्पियन नेपालमा पनि नेपाल तथा भारतका हजारौ प्रतिस्पर्धिहरुलाई उछिन्दै र उत्कृष्ट प्रस्तुतिहरु दिदै भोटिङ राउण्डमा पुग्न सफल भएको हो। सो समुहको विशेषता भनेको नै उक्त प्रतियोगितामा नेपालका विभिन्न सास्कृतिक नृत्यहरुलाई उजागर गरि स्टेजमा उतार्नु हो। उनिहरुको सास्कृतिक नृत्यहरुले सो कार्यक्रमका निर्णायकहरु नायिका निरुता सिंह र आश्मा बिश्वकर्माको मन जितिसकेका छन् ।

हाल भोटिङ राउण्डमा पुगेका उनीहरुलाई विजेता बनाउन मोबाइलको म्यासेज बक्समा गई डीसीएन ०३ टाइप गरि ३३००१ मा पठाउन सकिनेछ साथै आएमई पे बाट पनि भोट गर्न सकिनेछ।
उनीहरुले देशबिदेशमा हुने सम्पुर्ण नेपालीहरुलाई भोटको अपिल गरेका छन् ।
सो समुहको प्रस्तुती संस्कृतिसंग सम्बन्धित भएकोले देशको सास्कृतिक क्षेत्रमा पनि टेवा पुग्ने उद्धेश्यले झापामा भोट गर्नका लागि अभियान सञ्चालन गरिएको झापा जिल्ला नृत्य संघका बरिष्ठ उपाध्यक्ष राज सुव्वा लावतीले जानकारी दिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )