झापामा ‘हर पहर गाउँ र नगरी, गाउँ –गाउँमा ट्राफिक प्रहरी’अभियान

झापामा ‘हर पहर गाउँ र नगरी, गाउँ –गाउँमा ट्राफिक प्रहरी’अभियान

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ‘हर पहर गाउँ र नगरी, गाउँ –गाउँमा ट्राफिक प्रहरी’अभियान सञ्चालन गरेको छ ।

 

पछिल्लो समय झापाका ग्रामीण भेगमा सवारी दुर्घटना वढेको भन्दै त्यसको न्यूनिकरणका लागि झापाका ग्रामीण भेगमा हर पहर गाउँ र नगरी, गाउँ –गाउँमा ट्राफिक प्रहरी’अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाईंले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा अन्तर्गत बिर्तामोडसहित १९ वटा टा«फिक प्रहरी विटमा कार्यरत् ट्राफिक प्रहरीहरुलाई परिचालित गरेर विभिन्न सचेतनामुलक कार्यक्रम गरिँदै आएको उनले बताए ।
गत माघ ४ गतेदेखि सञ्चालन गरिएको ‘हर पहर गाउँ र नगरी, गाउँ –गाउँमा ट्राफिक प्रहरी’अभियान अन्तर्गत ग्रामीण भेगका ३८ स्थानका सडकमा ट्राफिक चेकिङ, सवारी चालक, सह–चालक र अन्य मानिसहरु गरी एक हजार छ सय पाँच जनालाई ट्राफिक शिक्षा प्रदान, हुस्सुको कारण हुन सक्ने सवारी दुर्घटनाका कारण सवारीसाधनलाई फग लाईट तथा तिब्रगती नचलाउन सवारी चालक, सह–चालकहरुलाई निर्देशन दिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरिक्षक यामकुमार खड्काले बताए ।
त्यस्तै विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न तपाईको माक्स खोई?अभियान अन्तर्गत सार्वजनिक यात्रुबहाक सवारीसाधनहरुमा यात्रा गर्ने यात्रु तथा चालक, सह–चालकहरुलाई अनिवार्य माक्स तथा सेनिटाईजर राख्न निर्देशन दिइएको उनले बताए ।
सार्वजनिक यात्रुबहाक सवारीसाधनहरुमा यात्रा गर्ने यात्रुले ध्यान दिनुपर्ने कुराहरु समेटिएको पर्चा समेत ‘हर पहर गाउँ र नगरी, गाउँ –गाउँमा ट्राफिक प्रहरी’अभियान अन्तर्गत बितरण गरिएको उनले जानकारी दिए ।

ग्रामीण भेगमा बनेका नयाँ कालोपत्रे सडकमा टिपर, ट्रक, मोटरसाइकल तथा कार तीब्र गतिमा गुडाउँदा दुर्घटना बढेकाले त्यसको न्यूनकिरणका लागि ‘हर पहर गाउँ र नगरी, गाउँ –गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरिएको उनले बताए ।
ट्राफिक प्रहरीहरू सहरकेन्द्रित भएकाले गाउँतिर निर्माण गरिएका नयाँ कालोपत्रे सडकमा तीब्ररुपमा सवारीसाधन चलाउँदा दिनहुँ दुर्घटना भइरहेकोले त्यसको न्यूनीकरणका लागि गाउँतिर ट्राफिककेन्द्रित गर्न ‘हर पहर गाउँ र नगरी, गाउँ –गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरिएको उनको भनाई छ ।
ग्रामीण भेगका कच्ची सडकहरुमा ट्राफिक नियम पालना नगर्ने, सवारी चालक अनुमति नभएका सिकारु चालकहरुले सवारी साधन चलाउने ,क्षमता भन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलगायतका कारणले ग्रामीण भेगमा पछिल्लो समय सवारी दुर्घटना वढेकाले त्यसको न्यूनीकरणका लागि सवारी चालक तथा सह–चालकहरुलाई ट्राफिक नियम पालना गराउन ‘हर पहर गाउँ र नगरी, गाउँ –गाउँमा ट्राफिक प्रहरी’ अभियानले सहज हुने उनले बताए ।
ट्राफिक प्रहरीको पहुँच नपुगेका झापाका ग्रामीण भेगका भित्री सडकहरुमा समेत सवारी दुर्घटना बढेकाले त्यसलाई न्यूनीकरण गर्न ‘हर पहर गाउँ र नगरी, गाउँ –गाउँमा ट्राफिक प्रहरी’ अभियान अन्तर्गत ट्राफिक प्रहरी लागीपर्ने प्रहरी सहायक निरिक्षक खड्काले जनाए ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ‘हर पहर गाउँ र नगरी, गाउँ –गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरेसंगै ग्रामीण भेगका सडकमा हुने सवारी दुर्घटना नियन्त्रणमा आएको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ‘हर पहर गाउँ र नगरी, गाउँ –गाउँमा ट्राफिक प्रहरी’ अभियानलाई निरन्तरता दिने उनले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले केही महिना अघि झापाका ग्रामीण भेगका सडकमा परेका खाल्डाखुल्डी पुर्ने अभियान सञ्चालन गरी ग्रामीण भेगका सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणमा मद्यत पुर्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरिक्षक खड्काले बताए ।
तीव्र गतिका आएका सवारीसाधन ग्रामीण भेगका सडकमा परेका खाल्डाखुल्डीबाट जोगाउने क्रममा दुर्घटनामा पर्ने गरेको र त्यसबाट धनजनको क्षति हुने गरेकाले सवारीसाधन दुर्घटना गराउने एम्बुसजस्तै बनेका ग्रामीण भेगका सडकमा भएका खाल्डाखुल्डी पुर्ने प्रयास कहींकतैबाट नभएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले खाल्डाखुल्डी पुर्ने अभियान सञ्चालन गरेर दुर्घटना न्यूनीकरणमा टेवा पुर्याएको उनको भनाई छ ।
झापाका ग्रामीण भेगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ‘हर पहर गाउँ र नगरी, गाउँ –गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरेर सवारी दुर्घटना न्यूनीकरणमा मद्यत पुर्याएको भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )