संघीय लिम्बुवान प्रान्तीय युवा मञ्च,नेपालको संयोजकमा ज्वाला

संघीय लिम्बुवान प्रान्तीय युवा मञ्च,नेपालको संयोजकमा ज्वाला

बिर्तामोड । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय युवा मञ्च,नेपालको संयोजकमा ज्वाला इम्बुङ चयन भएका छन् ।

संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल भातृ संगठन विभागको आयोजना तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल जिल्ला कार्यसमिति झापाको सह आयोजनामा बिर्तामोडमा भएको अरुण पूर्वका नौ वटै जिल्लाका युवाको भेलाले इम्बुङको संयोजकत्वमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान प्रान्तीय युवा मञ्च,नेपालको तदर्थ समिति गठन गरिएको संघीय लिम्बुवान प्रान्तीय मञ्चका सचिव तथा भातृ संगठन विभागका सदस्य धनबहादुर पन्धाकले जानकारी दिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय युवा मञ्च,नेपालको इन्चार्जमा राजु राई, सहसंयोजक त्रय आधार घिमिरे, सुमनहाङ चेम्जोङ, मिक्सम मिभक र महासचिव पदम चेन्जी माबो रहेका छन ।
त्यस्तै सदस्यहरुमा याम खरेल, निरकुमार लिम्बू, राम श्रेष्ठ, विशाल लिम्बू, प्रकाश लक्सम्बा, प्रकाश मगर, निरुता साउदेन, सुनिल राई, आइन्द्रबिक्रम ताम्लिङ, जिवनकुमार राई, संजिव लावती, इन्द्रहाङ राई, नगेन्द्र लावती, आशिष तुम्बापो, बादल राई, आकाश केरुङ, याम नेम्बाङ्ग र नुमा लिम्बू रहेको छनोट निर्वाचन समिति सदस्यसमेत रहेका पन्धाकले जानकारी दिए ।
झापाको दमकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालका पदाधिकारीहरुको वैठकले भातृ संगठन गठन गर्नका लागि
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालकी उपाध्यक्ष इन्द्रकुमारी मेन्याङ्वो (इन्दिरा) को संयोजकत्वमा संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल भातृ संगठन विभागको गठन गरेको थियो ।
भातृ संगठन बिभागका सदस्यहरुमा धनबहादुर पन्धाक , राजु राई, भुपेन्द्रसुन्दर लावती, मोहन मावो, दिपेन्द्र चेम्जोङ लावाहाङ, सन्तोष तुम्वापो रहेका थिए । त्यही समितिले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय युवा मञ्च,नेपालको गठन गरेको भातृ संगठन विभागका सदस्य पन्धाकले जानकारी दिए ।
संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल भातृ संगठन विभागकी संयोजक इन्द्रकुमारी मेन्याङ्वो (इन्दिरा) को अध्यक्षता तथा प्रान्तिय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सचिव भगिराज तुम्सा, भक्तबहादुर मेन्याङ्वो, महासचिवहरु दिलकुमार लावती, लक्ष्मी माबो, संघीय लिम्बुवान मञ्च नेपालका झापा अध्यक्ष नगेन राई लगायतले शुभकामना दिएका थिए ।
संघीय लिम्बुवान मञ्च नेपालका झापा सचिव तीर्थराज पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मोहन मावोले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )