झापाली गायक अर्जुन खरेलले ल्याए ‘चमेली’

झापाली गायक अर्जुन खरेलले ल्याए  ‘चमेली’

बिर्तामोड, । झापाली गायक अर्जुन खरेलको स्वर रहेको ‘चमेली’ गीतको म्युजिक भिडियोको बिर्तामोडमा बिमोचन गरिएको छ ।

भद्रपुर–१०, चन्द्रगढी निवासी गायक खरेलको पाँचौँ म्युजिक भिडियो ‘चमेली’को साहित्य चौतारी बिर्तामोडका अध्यक्ष हस्त परियार, क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष माधव कल्पित, डाइनामिक ग्रुप नेपालकी अध्यक्ष खगिन्द्रा खुसी लगायतले बिमोचन गरेका हुन् । डाइनामिक ग्रुप नेपालको आयोजनामा भएको कार्यक्रममा उक्त म्युजिक भिडियोको विमोचन गरिएको हो ।
डाइनामिक ग्रुप नेपालकी अध्यक्ष  खगिन्द्रा  खुसीको अध्यक्षता तथा साहित्य चौतारी बिर्तामोडका अध्यक्ष हस्त परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि परियारले खरेलको गीत चमेलीले चमेली फूलझैं देश विदेशमा चर्चित हुन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे । त्यस्तै, विशिष्ठ अतिथि क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष कल्पितले यो गीतले बालकदेखि बृद्धसम्म सबैको मन जित्नेमा विश्वास व्यक्त गरे ।

 

कार्यक्रममा गीतको समीक्षा साहित्यकार विवशबलिभद्र कोइरालाले गरेका थिए । उनले गायक खरेलको चमेलीले साँगीतिक क्षेत्रमा इँटा थप्ने बताए ।
कार्यक्रममा गायक खरेलले आफूले १७ वटा भन्दा बढी गीतमा स्वर दिएको बताउँदै चमेलीलाई दर्शक तथा स्रोताले यसअघिका गीतझैं माया गर्ने विश्वास व्यक्त गरे ।
रमेश दर्नालको शब्द र गायक खरेलको स्वर रहेको ‘चमेली’ गीतको म्युजिक भिडियोको छायाँकन इलामको दानाबारी लगायतका स्थानमा गरिएको छ ।गीत एरेन्जर रोहित लिम्बूको रहेको म्युजिक भिडियोमा रंगकर्मी माधव कल्पित,  सरोज अधिकारी, कञ्चन चुडाल, राकेश दर्नाल, रोसन कार्कीलगायतको अभिनय रहेको छ ।
कार्यक्रममा ग्रुपका सल्लाहकार एवम् साहित्यकार देवीचरण भण्डारी, व्यवसायी याम खरेल, टीका भट्टराई नेपाल ,  सुजना खतिवडा, मुना प्रसाईं, सुनिता तामाङ लगायतको सहभागिता रहेको थियो ।

ग्रुपकी उपाध्यक्ष गीता सुवेदी नेपालले स्वागत गरेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष चन्द्रमणि पौडेलले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )