राप्रपा विर्तामोड–१ मा खड्का

राप्रपा विर्तामोड–१ मा खड्का

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड –१ को अध्यक्षमा जनक खड्का चयन भएका छन् । राप्रपा बिर्तामोड १ नं वडा समितिको बिस्तारित भेलाले खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

 

खड्का वीरता जेसीजका तालिम संयोजक , पुर्ब प्रहरी ,सामाजिक अभियन्ता,तथा देवी पन्चकन्या टोल बिकास संस्थाका अध्यक्ष समेत रहेका छन् ।
राप्रपाका रामलोचन न्यौपानेको अध्यक्षता तथा ाप्रपा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २५ जनाभन्दा बढी युवा तथा महिला राप्रपामा प्रवेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी ओझाले नव प्रवेशीहरुलाइ सदस्यता बितरण गर्दै पार्टीको बिचार सिद्धान्त मनपराएर प्रवेश गर्नेहरुलाइ नयाँ पुराना भनेर भेदभाव नगरी समान ढंगले समेट्दै लैजाने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा राप्रपा क्षेत्र नं २ का अध्यक्ष दिपक मास्के,प्रदेश क अध्यक्ष शंकर रिजाल र बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेललगायतले नयाँ कार्यसमितिलाई वधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )