साहित्यकार ढुंगेललाई पाँचथरमा सम्मान

साहित्यकार ढुंगेललाई पाँचथरमा सम्मान

बिर्तामोड । पाँचथर हिलिहाङ गाउँपालिका सुभाङस्थित सुभाङ सामुदायिक अध्ययन केन्द्रले साहित्यकार, गीतकार तथा मोडल भगवति ढुंगेललाई सम्मान गरेको छ ।

साहित्य कला संस्कृति प्रतिष्ठान बितामोडकी अध्यक्ष समेत रहेकी ढुंगेललाई साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सुभाङ सामुदायिक अध्ययन केन्द्रले सम्मान गरेको हो ।
सुभाङ सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष हरीप्रसाद ओझाको अध्यक्षता तथा हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सोही कार्यक्रममा साहित्यकार डा.पुण्यप्रसाद सिग्देल, लोक गायक मातृकाप्रसाद संग्रौलालगायतलाई सम्मान गरिएको थियो । साहित्यकार ढुंगेलले यो सम्मानले आफूलाई अझ साहित्यिक क्षेत्रमा लाग्ने उर्जा थपिएको बताइन् ।
कार्यक्रमका सहभागीलाई हिलिहांङ दरबार, आगेजुंग गुम्बा,जोरपोखरी,सल्लेरी,गुरु बिवेकाश्रम, गुरु योगेश्वराश्रम , ब्रम्हाश्रम,र सिदुस्थलको समेत अवलोकन गराइएको थियो । कार्यक्रमको व्यवस्थापन सुभाङ सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष हरीप्रसाद ओझाले गरेका थिए ।
विर्तामोड–१ निवासी साहित्यकार , गीतकार तथा मोडल भगवति ढुंगेलका उपन्यासहरु ‘आधा सत्य’ ‘प्रेमिल’ ‘प्रेमकुण्ड’ कविता तथा मुक्तक संग्रह‘देश र आमा’ र ‘मधुशाला बन्यो’ ‘हाँसौ कसरी’ ‘न पिउँत’ ,‘ नजाउ भिडमा तिमी’ , ‘ भमरा भए उडेर आउथें’ ,‘आफ्नो खुशी ’ बोलको गीत र म्युजिक भिडियो समेत सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )