ट्र्याक्टरले किचेर झापामा एक कामदारको मृत्यु

झापा । झापामा ट्र्याक्टरले किचेर एक जना कामदार मृत्यु भएको छ । मृत्यु हुने मोरङ जिल्ला उर्लाबारी नगरपालिका– ९, राजघाट निवासी ३६ वर्षका बुद्ध सतार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमक नगरपालिका– ३ ताराबारीस्थित मावा खोला नजिकै म े१त ९१९४ नम्बरको ट्र्याक्टरले खोलाबाट बालुवा लोड गरी ट्र्याक्टरबाट झर्ने क्रममा पछाडिको चक्काले किचेर सतारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात् ट्र्याक्टर चालक फरार रहेकाले उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )