खुशीको जन्मदिनमा अर्जुनधारा जेसीजद्वारा खाद्यान्न बितरण

खुशीको जन्मदिनमा अर्जुनधारा जेसीजद्वारा खाद्यान्न बितरण

बिर्तामोड । झापा अर्जुनधाराकी खुशी खड्काले आफ्नो जन्मदिन फरक तरिकाले मनाएकी छिन् । उनले आफ्नो जन्मदिन झापा अर्जुनधारा –६ कप्तानबारीमा रहेको अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रमा रहेका वालवालिकासंग खुशीयाली साटासाट गरेर जन्मदिन मनाएकी हुन् ।

 

अर्जुनधारा जेसीजका कार्याकारीणी उपाध्यक्ष प्रेम खड्काकी छोरी खुसी खड्काले अर्जुनधारा जेसीजको आयोजनामा भएको कार्यक्रममा अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रमा रहेका वालवालिकालाई खाना खुवाएर खुशीयाली साटासाट गरेर जन्मदिन मनाएकी हुन् ।
अर्जुनधारा जेसीजले हरेक सदस्यहरुको परिवारमा भएको जन्मदिन सामाजिक कार्य गरेर मनाउने प्रचलन अनुसार यस्तो कार्यक्रम गरिएको अर्जुनधारा जेसीजका अध्यक्ष भिमबहादुर कुँवर राजुले बताए ।
अर्जुनधारा जेसीजका अध्यक्ष भिमबहादुर कुँवर राजुको अध्यक्षतामा भएको कार्याक्रममा संस्थाका कार्यकारीणी उपाध्यक्षद्धय प्रेम खड्का र बिमला भट्टराई,लगायतले अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रका उर्मिला राजवंशी, शर्मिला चापागाईलाई खाद्यान्न समेत बितरण गरेका थिए ।
कार्याक्रमको सञ्चालन अर्जुनधारा जेसीजका महासचिव बरुणकुमार माझीले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )