झापामा एमसीसी पारित नगर्नेको पक्षमा मत जाहेर

झापामा एमसीसी पारित नगर्नेको पक्षमा मत जाहेर

बिर्तामोड । झापामा एमसीसी पारित नगर्नेमा सर्वसाधारणले मत जाहेर गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)झापा र योङ कम्युनिष्ट लिग (वाइसिएल) झापाले एमसीसी पारित गर्ने वा नगर्ने भन्ने बिषयमा गरेको सडक जनमत संग्रहको निर्वाचनमा एमसीसी पारित नगर्नेको पक्षमा एकहजार ९ सय ६० मत र पारित गर्नेको पक्षमा ३९ मत प्राप्त भएसंगै यस्तो जनाइएको हो ।

 

काँकडभिट्टाको बसपार्क, बिर्तामोडको मुक्तिचोक, सुरुङ्गा र दमकमा मतदान केन्द्र स्थापना गरेर सडक जनमत संग्रहको निर्वाचनमा जम्मा २ हजार ५५ मत खसेको थियो भने ५६ मत बदर भएको अखिल (क्रान्तिकारी) झापाका अध्यक्ष रञ्जन धमलाले जानकारी दिए ।झापाका निर्वाचन क्षेत्र १, २, ४ र ५ मा अखिल (क्रान्तिकारी) र वाइसिएलले एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत संग्रह अन्तरगत निर्वाचन सम्पन्न गरेको हो ।

मत परिणाम अनुसार निर्वाचन क्षेत्र न १ मा खसेको जम्मा मत २ सय ५० पारित गर्ने ३, पारित नगर्ने २४७, निर्वाचन क्षेत्र २ मा खसेको जम्मा मत ६ सय ९४ मध्ये पारित गर्नेमा ३२, पारित नगर्नेमा ६ सय ३२ र बदर मत ३० मत प्राप्त भएको धमलाले जानकारी दिए ।त्यस्तै निर्वाचन क्षेत्र ४ मा खसेको जम्मा मत ४ सय ७५ मध्ये पारित गर्ने पक्षमा २, नगर्ने ४ सय ६६ र बदर ७ मत, र निर्वाचन क्षेत्र ५ मा खसेको जम्मा मत ६ सय ३६ मध्ये पारित गर्नेको पक्षमा २, नगर्नेको पक्षमा ६ सय १५ र बदर मत १९ रहेको जनाइएको छ ।

बिर्तामोडमा मत पेटिका पत्रकार र प्रहरीको रोहबरमा खोलिएको थियो । अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मदन प्रसाईं, प्रदेश उपाध्यक्ष मनिषा आचार्य, झापाका अध्यक्ष रञ्जन धमला,उपाध्यक्ष सुरेन्द्र गिरीलगायतले बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाको रोहबरमा मत गणना गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )