बिर्तामोड । निजी तथा आवाशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापा बिर्तामोडको  बिर्तामोड नगरस्तरीय नृत्य तथा गायन प्रतियोगितामा नृत्यतर्फ बेल्स मोडल स्कुल र कोहेड एजुकेशन फाउण्डेसन  तथा  गायनतर्फ निदि सेकेण्डरी स्कुल,कञ्चन इङलिस स्कुल, कञ्चननजंघा अंग्रेजी माबि बिजयी भएका छन् । 

प्याब्सन झापाको बार्षिक कार्यक्रम अन्तरगत प्याब्सन बिर्तामोडको आयोजनामा भएको दुईदिने सांस्कृतिक कार्यक्रम अन्तर्गत बिहीवार भएको बिर्तामोड नगरस्तरीय नृत्य तथा गायन प्रतियोगितामा ती बिद्यालयहरु बिजयी ( प्रथम) भएका हुन् । 

 बिहीवार भएको बिर्तामोड नगरस्तरीय नृत्य तथा गायन प्रतियोगिताको कक्षा ९ देखि १२ सम्म सांस्कृतिक नृत्यतर्फ बेल्स मोडल स्कुल र कोहेड स्कुल प्रथम ,कञ्चननजंघा अंग्रेजी माबि दोस्रो र चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल तेस्रो भएको प्याब्सन बिर्तामोड नगर सचिब सुरेन्द्र खरेलले जानकारी दिए । 

त्यसैगरी १२ बर्षमुनिको गायनतर्फ  निदि सेकेण्डरी स्कुल प्रथम, तक्षशीला इङलिस स्कुल दोस्रो र कञ्चननजंघा अंग्रेजी माबि तेस्रो , १२ बर्ष माथिको गायनतर्फ कञ्चन इङलिस स्कुल प्रथम, कञ्चननजंघा अंग्रेजी माबि दोस्रो र तक्षशिला इङलिस स्कुल तेस्रो र कक्षा ११ र १२ गायनतर्फ कञ्चननजंघा अंग्रेजी माबि प्रथम, एमीटी एजुकेशन फाउण्डेसन  दोस्रो र कोहेड एजुकेशन फाउण्डेसन तेस्रो भएको उनले बताए ।  

 बिहीवार भएको बिर्तामोड नगरस्तरीय नृत्य तथा गायन प्रतियोगिताको प्रतियोगिताको निर्णायकमा गायततर्फ अनुप दियाली र चण्डी साम्पाङ थिए भने नृत्यतर्फ देबराज खड्का र सुमन योगी रहेका थिए । 

प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनालको अध्यक्षता तथा मेची क्याम्पसका प्राध्यापक केशव प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्याब्सन बिर्तामोड नगर सह–सचिव देबेन्द्र हुुमागाईले स्वागत गरेका थिए ।

प्रतियोगिताका बिजेता विद्यार्थीलाई ट्रफि ,मेडल प्रदान गरिएको कार्यक्रमको सञ्चालन प्याब्सन बिर्तामोड नगर सचिब सुरेन्द्र खरेलले गरेका थिए ।

प्रतियोगिताका प्रथमले आगामी पुस १ र २ गते दमकको पशुहाटमा हुने प्याब्सन झापाको जिल्लास्तरिय प्रतियोगीतामा भाग लिने छन् ।