बिर्तामोड । झापाको बिर्तामोड –७ मा रहेको वेल्स मोडल स्कूलको वेल्स वालक्लवले विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो स्वीटर बितरण गरेको छ । 

 वेल्स वालक्लवले  बिर्तामोड –७ मा रहेको जनता आधारभूत बिद्यालयमा अध्ययनरत् विपन्न परिवारका ५० जना विद्यार्थीहरुलाई न्यानो स्वीटर बितरण गरेको हो । वेल्स वालक्लवकी अध्यक्ष सुवानी प्रसाईंको नेतृत्वमा गएको वालक्लवका पदाधिकारीहरुको टोलीले ५० जना विद्यार्थीहरुलाई न्यानो स्वीटर बितरण गरेको हो । 

एक सरो कपडाको भरमा चिसो छल्दै विद्यालयमा अध्ययन गर्न जानुपर्ने बाध्यता भोग्दै आएका विद्यार्थीहरु  चिसोका कारण विद्यालय जान समेत समस्या भएपछि सामाजिक उत्तरदायित्व वोध गर्दै विपन्न परिवारका ५० जना विद्यार्थीहरुलाई न्यानो स्वीटर बितरण गरेको वेल्स मोडल स्कूलका प्रिन्सिपल ताराकुमार प्रसाईंले बताए । 

बिर्तामोड –७ का वडाध्यक्ष अविरल कृष्ण खरेल , प्रिन्सिपल ताराकुमार प्रसाई, वेल्स वालक्लवकी अध्यक्ष सुवानी प्रसाईंलगायतले विद्यार्थीहरुलाई न्यानो स्वीटर बितरण गरेका थिए ।

चिसोमा न्यानो लुगा किन्न नसक्ने विद्यार्थीहरुलाई स्वीटर बितरण गरेर वेल्स वालक्लवले पुण्यको कार्य गरेको  बिर्तामोड –७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले बताए । 

जनता आधारभूत बिद्यालयका प्रधानाध्यापक डिल्लीरमण भट्टराईंले वेल्स मोडल स्कूलको वेल्स वालक्लवले जनता आधारभूत बिद्यालयमा आएर विपन्न परिवारका  विद्यार्थीहरुलाई न्यानो स्वीटर बितरण गरेकोमा धन्यबाद दिँदै चिसो मौसमको सिजनमा सबैको न्यानो कपडा नभएको समयमा स्वीटर वितरणले विपन्न विद्यार्थीलाई राहत मिलेको बताए ।

सोही कार्यक्रममा बिर्तामोड –७ मा रहेको नवयुग वडा वालक्लवले स्वीटर र शैक्षिक सामग्री वितरण गरेको नवयुग वडा वालक्लवका अध्यक्ष सौगात घिमिरेले बताए ।