बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा  पुनः सुवास भट्टराई  निर्वाचित भएका छन् । नेकपा एमाले बिर्तामोडको दोस्रो नगर अधिवेशनबाट अध्यक्षका उम्मेदवार भट्टराई २६८ मत ल्याएर निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुवास भट्टराई र वर्तमान सचिव शेखर कँडेलबीच  प्रतिष्पर्धा भएकोमा भट्टराई २६८ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिष्पर्धी शेखर कँडेलले १९९ मत  प्राप्त गरे ।

यस अघि २०७८ कात्तिक १६ गते भएको नेकपा एमाले बिर्तामोड नगर कमिटीको प्रथम अधिवेशनबाट नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा  सुवास भट्टराई  निर्वाचित भएका थिए ।

नेकपा एमाले बिर्तामोडको दोस्रो नगर अधिवेशनबाट सुवास भट्टराईको सिंगो प्यानलले नै जीत हासिल गरेको छ ।

बिर्तामोड नगर कमिटीको उपाध्यक्षमा भट्टराई प्यानलका मदन बुढाथोकीले ३२३ मत ल्याएर विजयी भए भने  उनका प्रतिष्पर्धी कँडेल प्यानलका राहुल शर्माले १३४ मत प्राप्त गरे । त्यस्तै खुल्ला सचिव पदमा भट्टराई प्यानलकै अम्बिका लिङ्देनले २३८ मत  मत ल्याएर विजयी भए भने  उनका प्रतिष्पर्धी कँडेल प्यानलका लक्ष्मीप्रसाद बाँस्कोटाले २१० मत प्राप्त गरे । त्यस्तै खुल्ला उपसचिव पदमा भट्टराई प्यानलका गंगालाल राजवंशीले २२२ मत ल्याएर विजयी भए भने  उनका प्रतिष्पर्धी कँडेल प्यानलका  हिमाल कन्दङ्वाले २२० मत प्राप्त गरे । त्यस्तै महिला उपसचिवमा  भट्टराई प्यानलकै डिल्लीमाया आचार्यले २५४ मत मत ल्याएर विजयी भइन् भने  उनका प्रतिष्पर्धी कँडेल प्यानलकी चन्द्रकला संग्रौला पकुवालले १७६ मत प्राप्त गरिन्  । त्यस्तै लेखा कमिटीको उपाध्यक्षमा भट्टराई प्यानलका दिनेश अधिकारी २११ मत ल्याएर विजयी भए भने  उनका प्रतिष्पर्धी कँडेल प्यानलका किशोरकुमार पौडेलले १८८ मत प्राप्त गरे  । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका सुमन त्रिखत्रीले ३५ मत प्राप्त गरे। त्यस्तै लेखा कमिटीको सचिवमा भट्टराई प्यानलकै हिमाल मैनाली २२२ मत मत ल्याएर विजयी भए भने  उनका प्रतिष्पर्धी कँडेल प्यानलका ढाँचाराज कडरियाले १९९ मत प्राप्त गरे । त्यस्तै लेखा कमिटी सदस्यहरुमा विष्णुप्रसाद आचार्य २८८ , लक्ष्मी रोका २७९ र सुजन दाहाल २६८ मतसहित निर्वाचित भए भने राजन घतानीले २०३ मत प्राप्त गरी पराजीत भए । कुल ५०४ मतदाता रहेको अधिवेशनमा ४८८ जनाले मतदान गरेका थिए ।