बिर्तामोड  ।  झापाको बिर्तामोडस्थित वनस्टप मलमा शुक्रबारबाट गोल्डस्टार जुत्ताको शोरुम सञ्चालनमा आएको छ । २०७७ साल असोज १८ गतेदेखि झापाको काँकरभिट्टारोडमा गोल्डस्टार जुत्ताको शोरुम सञ्चालनमा ल्याएका  व्यवसायी रवीन कार्कीले बिर्तामोडस्थित वनस्टप मलमा गोल्डस्टार जुत्ताको शोरुमको दोश्रो शाखा सञ्चालनमा ल्याएका हुन् ।

  कार्कीले वनस्टप मलमा  एलके इन्टरप्राइजेजको फर्मबाट गोल्डस्टार जुत्ताको शोरुमको दोश्रो  शाखा सञ्चालनमा ल्याएका हुन् ।

किरण सुज म्यानुफ्याक्चरर्स काठमाडौंको उत्कृष्ट उत्पादन तथा नेपालको सबैभन्दा बढी ख्यातिप्राप्त जुत्ताको रुपमा परिचित गोल्डस्टार जुत्ताको माग बढेकाले बिर्तामोडस्थित वनस्टप मलमा गोल्डस्टार जुत्ताको शोरुमको दोश्रो  शाखा सञ्चालनमा ल्याएको उनले बताए । 

बिर्तामोडमा गोल्डस्टार कम्पनिको मात्र जुत्ता बेच्ने शोरुम नभएकाले कम्पनीको आधिकारिक बिक्रेता भई गोल्डस्टार जुत्ताको शोरुम सञ्चालनमा ल्याइएको बताउँदै उनले ग्राहकले आफ्नो दुई वटै शोरुमबाट गोल्डस्टारको जुत्ता खरिद गर्न सक्ने जानकारी दिए ।

उनले बिर्तामोडको दुईवटै गोल्डस्टार शोरुम आर के इन्टरप्राइजेज र एलके इन्टरप्राइजेजमा  लेडिज, जेन्स गरेर बालकदेखि बृद्धसम्म सबैलाई उपयुक्त हुने दुई सय प्रकारका डिजाइनका गोल्डस्टारका जुत्ता पाइने बताउँदै गोल्डस्टारका ग्राहकलाई एउटै छानामुनि गोल्डस्टार कम्पनिका दुई सय प्रकारका डिजाइनका गोल्डस्टारका जुत्ता उपलव्ध गराउने आफूहरुको उद्धेश्य रहेको जनाए । 

गोल्डस्टार शोरुममा गोल्डस्टार जुत्ता सात सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म र चप्पलको तीन सय रुपेयाँदेखि एक हजार रुपैयाँसम्म विक्री गरिने बताउँदै ग्राहकहरुलाई छुट समेत दिँइदै आएको जनाए । 

गोल्डस्टार जुत्ताको माग तथा आकर्षण नेपाली प्रयोगकर्ताहरूमा चरममा रहेको र सस्तो, टिकाउ र गुणस्तरीय भएकाले गोल्डस्टार जुत्ताको माग बढ्दो रहेको बताउँदै उनले गोल्डस्टार शोरुममा आएर गोल्डस्टार जुत्ता , हात्तिछाप चप्पल प्रयोग गरी स्वदेशी उत्पादनलाई प्राथमिकता दिन ग्राहकहरुलाई आग्रह गरे ।

डिजाइन, गुणस्तर र मुल्यमा विबिधताका साथ उपलब्ध गोल्डस्टार जुत्ता टिकाउ, किफायती, सहज र आकर्षक जुत्ताका रुपमा रहेको उनको भनाई छ ।