बिर्तामोड । महिलाहरुको हक, अधिकार संरक्षण एवं बाल अधिकारको क्षेत्रमा कार्य गर्ने उद्देश्यले गठन भएको संयुक्त महिला आवाज नेपाल केन्द्रीय समिति विर्तामोड –२ झापाको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकी केन्द्रीय अध्यक्ष शिखा खड्का गणेशको अध्यक्षता तथा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष मुना खड्काले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा  कोशी प्रदेश साँसद तथा संस्थाकी सल्लाहकार लख्खी गणेश , संस्थाका अभिभावक केशवप्रसाद ओझा , सल्लाहकार गंगाबहादुर खड्का , नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, विर्तामोड –२ का वडाध्यक्ष किशोर पौडेल, समाजसेवी डिल्लीराम सिटौला, संस्थाकी हल्दीबारी संयोजक शान्ता खतिवडा शिवाकोटी, बाह्दशी संयोजक राधिका भट्टराई, कचनकवल संयोजक रुपा खनाल गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाले कोशी प्रदेश साँसद सबिना बजगाईं, लख्खी गणेश, महिला नेतृ रञ्जु प्याकुरेल, चित्रकला ओली, देविका अधिकारी , टीका बराल, मनिसा गौतम(प्रेस सल्लाहकार) गंगाबहादुर खड्का, कामेश्वर गणेशलगायतलाई सल्लाहकारमा मनोनित गरी सम्मान समेत गरेको थियो । त्यस्तै संस्थाको केन्द्रीय समितिका पदाधिकारी ,संस्थाकी हल्दीबारी शाखा संयोजक शान्ता खतिवडा शिवाकोटी, बाह्दशी शाखा संयोजक राधिका भट्टराई, कचनकवल शाखा संयोजक रुपा खनाल गौतम र तीन वटै शाखाका पदाधिकारीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने संस्थालाई स्थापनाकाल देखिनै सहयोग गरेको भन्दै बिर्तामोडका अमिर खान पठानलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा संस्थाकी साधारण सदस्य विना रिजाल र आजीवन सदस्यहरु रिता उप्रेती खड्का, सुरेखा भट्टराई, यसोदा भट्टराई, कृष्णमाया खड्का, खड्गमाया राजवंशी, गंगा डाँगी, कल्पना अधिकारी, ख्यामकुमारी लम्साल, नविना राजवंशी, सुस्मा उप्रेती, गंगादेवी भण्डारी, रुपवति राजवंशी, सुनिता राई ,सीता श्रेष्ठलगायतलाई आजीवन सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी आजीवन सदस्य सृजना ढुंगेल पौडेलले गरेकी थिइन् । 

साधारण सभाको वन्दसत्रले संस्थालाई वैधानिक मान्यता दिइनुका साथै आगामी दिनमा संस्थालाई झापाका १५ वटै स्थानीय तहमा विस्तार गरिने, महिलालक्षित कार्यक्रमहरु माग गर्नेलगायतका प्रस्ताव पारित गरेको थियो । वन्दसत्रको सञ्चालन संस्थाकी सल्लाहकार चित्रकला ओलीले गरेकी थिइन् । 

झापाको विर्तामोड –२ मा केन्द्रीय कार्यालय रहेको संस्थाले महिलाहरुको जीवनस्तर सुधार, बालबालिकाको शिक्षा, स्वास्थ्य, महिला हक, अधिकार र संरक्षण एवं सामाजिक सरोकारका विषयमा कार्य गर्ने संस्थाकी केन्द्रीय अध्यक्ष खड्काले बताइन् ।