बिर्तामोड । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) कोशी प्रदेश अध्यक्षमा कला डांगी निर्बाचित भएकी छिन् ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) कोशी प्रदेशको बिर्तामोडमा भएको  तेश्रो अधिबेशनले  डांगीको अध्यक्षतामा नौ सदस्यीय नाबुन कोशी प्रदेश कमिटि  निर्बाचित गरेको हो । नवनिर्बाचित कमिटिको उपाध्यक्ष स्मिता गुरुङ, सचिब मार्था राई, सहसचिब गंगा चर्माकार,आर्थिक सचिब अमिता पोखरेल लगायत  रहेका छन् ।

नवनिर्बाचित पदाधिकारीहरुलाई राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रिय संयोजक पम्फा देबकोटा पहारीले शपथ ग्रहण गराएकी थिइन् । 

 राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) कोशी प्रदेश अध्यक्ष आशा लिम्बुको अध्यक्षता तथा  राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रिय संयोजक पम्फा देबकोटा पहारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  नाबुन संस्थापक अध्यक्ष तथा जिफन्ट स्थानिय तथा संसदिय बिभाग प्रमुख मिना गुरूङ, राष्ट्रिय कमिटी सदस्य तथा नाबुन गण्डकी  ईञ्चार्ज  सुमन गुरुङ, केन्द्रिय सचिब सुजना जोशी, नाबुन केन्द्रिय सचिबालय सदस्य ममता प्रधान, राष्ट्रिय  सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य तथा आर्थिक सचिव  धनु कन्दङ्वा इङनाम , केन्द्रिय सदस्य गंगा तामाङ, नाबुन केन्द्रिय सदस्य नुर गुरुङ, जिफन्ट कोशी प्रदेश सहसचिब हरी अधिकारी , क्युपेक नेपाल केन्द्रिय कमिटी उपाध्यक्ष अम्बीरकुमार लिङ्देन, क्युपेक नेपाल केन्द्रिय कमिटी उपाध्यक्ष सन्तकुमार राई, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला  लगायतले नवनिर्बाचित कमिटीलाई बधाई तथा शुभकामना दिएका थिए ।  

कार्यक्रममा नाबुन संस्थापक अध्यक्ष तथा जिफन्ट स्थानिय तथा संसदिय बिभाग प्रमुख मिना गुरूङ, राष्ट्रिय कमिटी सदस्य तथा नाबुन गण्डकी  ईञ्चार्ज  सुमन गुरुङ,  राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रिय संयोजक पम्फा देबकोटा पहारी,  राष्ट्रिय  सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य तथा आर्थिक सचिव  धनु कन्दङ्वा इङनामलाई सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाकी सचिव कला डाँगीले गरेकी थिइन् भने वन्दसत्रको कार्यक्रमको सञ्चालन केन्द्रिय सचिब सुजना जोशीले गरेकी थिइन् ।