बिर्तामोड ।  झापा बिर्तामोड –५ का महिलाहरुलाई मैनबत्ती बनाउने तालिम दिइएको छ । महिला मुक्ति अभियान झापाको आयोजना तथा बिर्तामोड –५ को आर्थिक सहयोगमा बिर्तामोड –५ का महिलाहरुलाई  दुई दिवसिय मैनबत्ती बनाउने तालिम दिइएको हो । 

आर्थिक रुपमा विपन्न, पिछडिएका, दलित, आदिवासी, जनजाति समुदायका महिलालाई घरेलु उद्यमतर्फ आकर्षित गर्ने तथा आत्मनिर्भर बनाउने उदेश्यले मैनबत्ती बनाउने तालिम दिइएको महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुव्वाले बताइन् । उनले सीपलाई ब्यबसाय र ब्यबसायलाई आर्थिक रुपान्तरण गर्ने उद्देश्यका साथ घरमा फुर्सदमा रहेका महिलाहरुलाई समेट्दै, विभिन्न सिपमुलक तालिम दिदै आइरहेको बताइन्।  

महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुव्वाको अध्यक्षता तथा बिर्तामोड –५ का वडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष अनिता पुरीले स्वागत गरेकी थिइन् ।

संस्थाकी पूर्व सचिव विनिता तामाङले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा महिला उद्यमी संघ झापाकी अध्यक्ष सुस्मा पौडेल, छठ महिला मञ्चकी संस्थापक अध्यक्ष हेमलता चौधरी, लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओली, बिर्तामोड –५ का वडासदस्य दुर्गा शिवाकोटी, देवी मावि बिर्तामोडका अध्यक्ष आशिष वनलगायतले  सीपलाई ब्यबहारमा उतारेर आर्थिक उन्नतिमा परिणत गरे मात्रै तालिमको औचित्य रहने बताएका थिए ।

तालिमका प्रशिक्षार्थी होमा कडरिया र निर्मला गुरुङले तालिम फलदायी रहेको बताएका थिए । दुई दिवसिय मैनबत्ति बनाउने तालिममा बिर्तामोड –५ का २२ वटा टोलविकास संस्थाका ४० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको  सहजीकरण प्रशिक्षक रविना अधिकारीले गरेकी थिइन् । तालिम समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र बितरण गरिएको थियो । 

बिर्तामोड –५की वडासदस्य मालती विक , स्वास्थ्यकर्मी निर्मला नेपाललगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव देवका भट्टराईले गरेकी थिइन् ।