बिर्तामोड। झापा बिर्तामोड –४ की कृष्णमाया माझी बुधबार औधी खुशी भइन् । उनी खुशी हुनुको कारण थियो पौष्टिक सामग्री र बच्चा स्याहार गर्ने सामग्री निःशुल्क प्राप्त गर्नु । उनलाई त्यो अवसर जुराइदिएको थियो रोटरी क्लव अफ बिर्तामोडले ।

झापाको बिर्तामोड नगर अस्पतालमा जन्माएको  नवजात शिशु लिएर आएकी उनले आमाको स्वास्थ्य तथा आफ्नो बच्चा कसरी स्याहार गर्ने बारे पनि परामर्श पाउँदा उनमा खुशीको सीमा थिएन ।

उनले भनिन् डाक्टरले दिनुभएको सल्लाह र रोटरी क्लव अफ बिर्तामोडले दिएको पौष्टिक सामग्री र बच्चा स्याहार गर्ने सामग्रीले मेरो बच्चा हुर्काउन मद्यत मिल्छ , यस्तो सामग्री दिनुभएकोमा तपाईंहरुलाई धन्यबाद । 

 सामाजिक सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लव अफ बिर्तामोडले बिर्तामोड नगर अस्पतालमा प्रशुति गरिएका  १ दिने सुत्केरी आमा, नवजात शिशु सहित १० जना नवजात शिशु र सुत्केरी आमाहरुलाई विभिन्न ११ प्रकारका आवश्यक पौष्टिक सामग्री र बच्चा स्याहार गर्ने सामग्री प्रदान गर्दा सुत्केरी आमाहरुमा खुशीयाली छाएको थियो ।

त्यस क्षेत्रमा अधिकाँश आदिवासी र विपन्न समुदायका महिलाहरु रहेको र उनीहरुको अवस्था दयनिय रहेको महशुस गरेर बिर्तामोड नगर अस्पतालमा प्रशुति गरिएका   १ दिने सुत्केरी आमा, नवजात शिशु सहित १० जना नवजात शिशु र सुत्केरी आमाहरुलाई विभिन्न ११ प्रकारका आवश्यक पौष्टिक सामग्री र बच्चा स्याहार गर्ने सामग्री प्रदान गरेको रोटरी क्लव अफ बिर्तामोडका प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल भद्रपुरेले बताए ।

उनले जुलाई महिनामा बिर्तामोड नगर अस्पतालमा प्रशुति गरिएका आमा तथा बच्चाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर प्रशुति तथा स्त्री  रोग विशेषज्ञ र बाल रोग विशेषज्ञद्वारा निः शुल्क परामर्श समेत प्रदान गरिएको बताए ।  

 बिर्तामोड नगर अस्पतालमा रोटरी क्लव अफ बिर्तामोडको आयोजनामा भएको मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम रोटरी क्लव अफ बिर्तामोडका प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल भद्रपुरेको अध्यक्षता तथा बिर्तामोड नगर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. सुनील अधिकारीको प्रमुख आतिथ्यमा भएको थियो ।

क्लवका सर्भिस कमिटी डाईरेक्टर सुरेश वंशलले स्वागत गरेको कार्यक्रममा क्लवका एसीस्टेन्ट गभर्नर सुजन प्रधानले रोटरीले गरेको कार्यक्रमको प्रशंसा गरेका थिए । 

   कार्यक्रममा बिर्तामोड नगर अस्पतालका बरिष्ठ बाल रोग विशेषज्ञ डा. रबिन रेग्मी र  प्रशुति तथा स्त्री रोग विशेषज्ञ डा. शिवेश चौधरीले सुत्केरी आमाहरुलाई आफ्नो तथा वच्चाको स्वास्थ्य, बच्चा स्याहार गर्ने तरिकालगायतका बारेमा जानकारीमूलक  प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोडका पास्ट प्रेसिडेन्टहरु निकिता गिरी,ओमकृष्ण बिमली, बबिता गिरी, रोट्रयाक्ट क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट प्रज्जवल बिमली , पास्ट प्रेसिडेन्टहरु  बसन्त ढकाल, बाप्पा साह ,सर्भिस कमिटी को चेयर सुमा सेढाई मैनाली ,बिर्तामोड नगर अस्पतालका नसिंङ निरीक्षक ओमकुमारी गुरुङ,   अस्पताल प्रशासन प्रमुख विमल पोखरेल, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमली ,बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ बिर्तामोडकी सेक्रेटरी डा. सन्ध्या राठीले गरेकी थिइन् ।