बिर्तामोड। इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाएको छ ।
इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट जुनु विमली उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा एबीसी नेपालकी झापा अध्यक्ष कञ्चना ढकाल सिटौलाले अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण रहेको बताइन् ।
मानव बेचबिखन नियन्त्रणका लागि समयसाक्षेप कानुनको संशोधन र निर्माण गर्न आवश्यक भएको उनको भनाइ छ ।
उनले मानव बेचबिखनको आयाम फराकिलो बन्दै गएकाले यसको नियन्त्रण चुनौतीको विषय बन्दै गएकाले मानव बेचबिखन अन्त्यको लागि इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले ऐक्यबद्धता जनाएकोमा धन्यबाद दिइन् ।
मानव बेचबिखनविरुद्धको दिवसलाई प्रचार प्रसार गरी सचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट जुनु विमली उप्रेतीले बताइन् ।
कार्यक्रमको सहजीकरण इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी सेक्रेटरी रिजु क्षेत्री पाण्डेले गरेकी थिइन् ।