बिर्तामोड। इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले साउनको मेहन्दी ,चुरा ,पोते लगाएर एकआपसमा खुशीयाली साटासाट गरेको छ ।

इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट जुनु विमली उप्रेतीको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको हो ।

इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका पदाधिकारीहरुबीचको माया,सद्भावलाई मेहन्दीको रंगझैै गाढा बनाउन र श्रावणी पर्वको महत्वलाई उजागर गर्न यस्तो कार्यक्रम गरिएको प्रेसिडेन्ट जुनु विमली उप्रेतीले बताइन् ।

कार्यक्रममा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका पदाधिकारीहरुलाई मेहन्दी लगाउनुको साथै हरियो चुरा,पोते उपहारस्वरुप प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा साउन १५ को खीर खाने पर्वको अवसरमा सहभागीलाई खीर समेत खुवाइएको थियो ।

अन्तराष्ट्रिय मित्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा क्लबकी ट्रेजरर कमला कटुवाल पौडेलको जन्मदिन परेकोले कार्यक्रमका सहभागीले उनलाई जन्मदिनको शुभकामना समेत दिइएको क्लवकी सेक्रेटरी रिजु क्षेत्री पाण्डेले जानकारी दिइन् ।

कार्यक्रममा एबीसी नेपालकी झापा अध्यक्ष कञ्चना ढकाल सिटौला, क्लवकी पास्ट प्रेसिडेन्ट सम्झना भण्डारीलगायत क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।