बिर्तामोड। रोटरी क्लव अफ बिर्तामोडले भद्रपुर नगरपालिका महेशपुरस्थित एग्रो फरेस्टरी प्रमोशन सेन्टरको हाताभित्र प्रशिक्षणसहित वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
पछिल्लो समय देखिएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न पर्यावरणीय सन्तुलन कायम गर्ने उद्धेश्यले उक्त कार्यक्रम गरिएको रोटरी क्लव अफ बिर्तामोडका प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल भद्रपुरेले बताए ।
रोटरी क्लव अफ बिर्तामोडका प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल ुभद्रपुरेको अध्यक्षता तथा रोटरी डिष्ट्रिक्ट ३२९२ का असिस्टेन्ट गभर्नर सुजन प्रधानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एग्रो फरेस्टरी प्रमोशन सेन्टरको हाताभित्र विभिन्न प्रजातीका ६० थान फलफूलका विरूवाहरू रोपिएको थियो ।
कार्यक्रममा क्लबका पास्ट प्रेसीडेन्ट तथा वनस्पतिविद् मीनप्रकाश मैनालीले २४ घन्टा अक्सिजन दिई रहने विशेषता भएको रबर खेतिका विविध पक्षहरु र प्रशोधित रबरका उत्पादनहरूबारे प्रशिक्षणसहित जानकारी गराएका थिए भने अर्का पास्ट प्रेसीडेन्ट नविन गट्टानीले रबर बगानमा स्थलगत निरीक्षण गराएर यसका व्यवहारीक पक्ष र रबर रूखका फाईदा, रबर लेटेक्स संकलनदेखि प्रसोधनसम्मको जानकारी गराएका थिए ।
कार्यक्रममा असिस्टेन्ट गभर्नर बिनोद बस्नेत, चार्टर प्रेसिडेन्ट कुमार गिरी,पास्ट प्रेसीडेन्ट निकिता गिरी, सुरेश वंशल , बबिता गिरी,रोट्रयाक्ट क्लब अफ बिर्तामोडका इमिडेट पास्ट प्रेसिडेन्ट वाप्पा शाह लगायतले विरुवा रोपण गरेका थिए ।
क्लवका सर्भिस कमिटी डाईरेक्टर सुरेश वंशलले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन क्लबकी सेक्रेटरी डा. सन्ध्या राठीले गरेकी थिइन् ।
रोटरी क्लव अफ बिर्तामोडले यस अघी असार १७ गते विराटपोखरस्थित बिराट भरत विश्रान्ति भवनको हाताभित्र वृक्षरोपण गरेका रुखहरुको संरक्षण गरेको क्लबका अर्का पास्ट प्रेसिडेन्ट ओमकृष्ण विमलीले बताए ।
रोटरी क्लव अफ बिर्तामोडले आगामी साउन २५ गते,श्री दुर्गा मा वि,गरामनीका कक्षा ६ ७ , ८ का विधार्थीहरूलाई रोटरी क्लव अफ डिल्लीबजार काठमाडौसंगको सहकार्यमा स्कुल ब्याग, जुत्ता र स्टेशनरी सामग्री वितरण गरिने रोटरी क्लव अफ बिर्तामोडका सर्भिस कमिटी चेयर अशोक धानुका र सुमा सेढाई मैनालीले जानकारी दिए ।
रोटरी क्लव अफ बिर्तामोडका प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल भद्रपुरेले नेतृत्व सम्हालेपछि क्लवले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।