बिर्तामोड । झापा जिल्ला नृत्य कलाकार संघले १२ औं स्थापना दिवस बिर्तामोडमा मनाएको छ ।
संस्थाको बरिष्ठ उपाध्यक्ष राज सुब्बा लावती (हर्क) , को अध्यक्षता तथा बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि निरौलाले नृत्यको अभ्यासमा लागेर उत्कृष्ट नृत्य कलाकार बन्ने शुभकामना दिएका थिए । उनले अहिले प्रत्येक संस्थागत विद्यालयहरुमा अनिवार्य रुपमा नृत्यका कक्षाहरु सञ्चालन भइरहेकाले यस क्षेत्रमा लाग्नेलाई रोजगारीको अवसर प्राप्त भइरहेकाले यसको उपयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष लोकचन्द्र श्रेष्ठ (एलसी ) ले झापा जिल्लाका सबै नृत्य कलाकारहरुलाई समेटेर २०७१ सालमा झापा जिल्ला नृत्य कलाकार संघ’ को स्थापना गरेको बताउँदै संस्थाको बिकासका लागी आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा संस्थाका सचिब बिक्रम गेलाल ( बुद्धराज), नहिम अलि, विराज राई, युवराज श्रेष्ठ, समिर रसाइली, सलिम खानलगायतको सहभागिता रहेको थियो ।
केक काटेर एकआपसमा खुशीयाली साटासाट गरी स्थापना दिवस मनाइएको कार्यक्रमको सञ्चालन संस्थाका महासचिब अमन गुप्ताले गरेका थिए ।