बिर्तामोड । नेवाः पासा मुना पुचः बिर्तामोडले नेवार समुदायबाट एसईईमा उत्कृष्ट अंक ल्याउने चार जना विद्यार्थीलाई सम्मान गर्दै यसवर्षको लाखेजात्रा समापन गरेको छ ।
नेवाः पासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजीव श्रेष्ठले स्वागत गरेका थिए ।
‘ कार्यक्रममा बिर्तामोड नगरपालिकाबाट सामुदायिक तथा निजी विद्यालयबाट २०८१ सालको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने नेवार समुदायका दुई ÷दुई जना गरी चार जना विधार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।संस्थाका पूर्व सचिव कमल श्रेष्ठले संयोजन गरेका सम्मानित हुने विद्यार्थीहरुमा सामुदायिक विद्यालयतर्फ देवी माविकी सन्ध्या श्रेष्ठ , मोहनमाया माविका रूपेन्द्र श्रेष्ठ र निजी विद्यालयतर्फ लिटल फ्लावर्स बोर्डिङ स्कूलकी निस्ना श्रेष्ठ र समिलमान प्रधान रहेको नेवाः ल्याह्म्य पुचःका अध्यक्ष गम्भीररत्न शाक्यले बताए ।
कार्यक्रममा बिर्तामोडका लाखे संरक्षक लक्ष्मी श्रेष्ठले आफूले पहिलो पटक बिर्तामोडमा लाखे भित्र्याएको बताउँदै त्यसको केही समयपछि नेवाःपासा मुना पुचः बिर्तामोडले लाखे जात्रा शुरु गरेको जनाए ।
नेवाःपासा मुना पुचः बिर्तामोडले शुरु गरेको लाखे जात्रा आजपनि निरन्तर रहेको बताउँदै यसको संरक्षणका लागी सबै जुट्नु पर्नेमा उनले जोड दिए ।
त्यस्तै लाखे जात्रा कार्यक्रम संयोजक प्रविण शाक्यले नेवाःपासा मुना पुचः बिर्तामोडको आयोजनामा नागपञ्चमीदेखि भिमसेन मन्दिरमा विधिवत् रूपमा पुजाआजा गरी शुभारम्भ गरिएको ‘लाखे जात्रा १९ दिनसम्म ‘बिर्तामोडका विभिन्न स्थान , ७ वटा निजी विद्यालय र बिर्तामोडका मुख्य चौक चौकमा प्रदर्शन गरिएको बताए ।
उनले १९ दिने लाखे जात्रामा शुभारम्भदेखि समापन सम्म निरन्तर रुपमा साथ र सहयोग गर्ने लाखे टिम ,नेवाःपासा मुना पुचः बिर्तामोडका पदाधिकारी, नेवाः मिसा पुचःका पदाधिकारी , नेवाः ल्याह्म्य पुचःका पदाधिकारी,धिमेबाजा तथा नृत्य टिमलगायत सबैमा धन्यवाद दिएका थिए ।
कार्यक्रममा बिर्तामोड वडा नं ४ का वडा सदस्य केशव श्रेष्ठ, वडा नं ५ का वडा सदस्य दुर्गा शिवाकोटीले नेवाः पासा मुना पुचः बिर्तामोडले लाखे जात्रा प्रदर्शन गरी नेवार समुदायको संस्कार संस्कृति जोगाएको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरे । उनीहरुले नेवाः पासा मुना पुचः बिर्तामोडले गर्ने कार्यक्रममा आफूहरुको सहयोग रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेवाः पासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले आफूहरुले संस्था स्थापना गरेदेखि नै बिर्तामोडमा लाखे जात्रा शुरु गरेको बताउँदै यसको निरन्तरता स्वरुप यसवर्ष लाखे जात्रा प्रदर्शन गरिएको जनाए ।
नागपञ्चमीदेखि भिमसेन मन्दिरमा विधिवत् रूपमा पुजाआजा गरी शुभारम्भ गरिएको ‘लाखे जात्रा १९ दिनसम्म सम्म प्रदर्शन गरिएको बताउँदै उनले यसवर्ष लाखेजात्रासंगै धिमे बाजा समेत प्रस्तुत गरिएको जनाए ।
आफूहरु नेवार समुदायको भाषा र संस्कृति संरक्षणमा निरन्तर लागीरहेको बताउदै उनले लाखे जात्राको संरक्षणका लागी यस पटक बिर्तामोडमा पहिलो पटक नेवा ः पासा मुना पुचः बिर्तामोडको संयोजन र नेवाःखल पुचः झापाको आयोजनामा सामुहिक लाखे जात्रा प्रदर्शनी र साँस्कृतिक कार्यक्रम गरिएको जानकारी दिए । सबैको साथले यस वर्षको लाखेजात्रा समापन गरिएको बताउँदै उनले लाखे जात्रा सफलतापुर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैमा आभार प्रकट गरे ।
कार्यक्रममा लाखे जात्रा सफलतापुर्वक सम्पन्न गराउन सहयोग गर्ने लाखे टिम , धिमेबाजा तथा नृत्य टिम, पत्रकार , नेवाःपासा मुना पुचः बिर्तामोडका पदाधिकारी, नेवाः मिसा पुचःका पदाधिकारी , नेवाः ल्याह्म्य पुचःका पदाधिकारीलगायत एक सय जना भन्दा वढीलाई ‘लाखे’ अंकित व्याच बितरण गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाकी निवर्तमान अध्यक्ष ईश्वरा श्रेष्ठ , पुर्व अध्यक्षहरू कृष्ण उदास, चन्द्रकुमार राजभण्डारी , सल्लाहकारहरु गणेश शाक्य, दिपक प्रधान ,भीम श्रेष्ठ , दाता बशन्तप्रेमी राजभण्डारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मिलन शाक्यले गरेको कार्यालय सचिव सञ्जय श्रेष्ठले जानकारी दिए।