बिर्तामोड । झापाको बिर्तामोड– –५ स्थित कृषिथोक बजार उत्तर पश्चिममा शुक्रबारबाट फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालि संचालनमा आएको छ ।
सिलाईकटाई तथा फेसन डिजाइनर महिला उद्यमीहरु सर्मिला अधिकारी , आशा बानियाँ उप्रेती र सविता चौहानले संयुक्तरुपमा फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालि संचालनमा ल्याएका हुन् ।
सिलाईकटाई (टेलरिङ ) र फेसन डिजाइनिङ सम्वन्धी सम्पूर्ण सेवा र ट्रेनिङ उपलव्ध गराउने उद्धेश्यले प्राइभेट कम्पनि दर्ता गरेर फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालि संचालनमा ल्याएको फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालिकी अध्यक्ष सर्मिला अधिकारीले बताइन् ।
फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालिमा सिटिइभिटिबाट मान्यता प्राप्त तीन महिने बेसिक टेलरिङ कोर्स, डिप्लोमा टेलरिङ कोर्स, एड्भन्स टेलरिङ एण्ड फेसन डिजाइनिङ कोर्स सम्बन्धि तालिम प्रदान गरिने र वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई समेत तालिम प्रदान गरिने उनले बताइन् ।
फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालिबाट तालिम लिनेलाई कार्यस्थलमै रोजगारी प्रदान गरिने बताउँदै उनले तालिमपछि उनीहरुले उत्पादन गरेका विभिन्न डिजाईनिङ ड्रेस र तयारी पोसाकहरु बिक्रि गरी उनीहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाइने जनाइन् ।
विशेषतः फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालिका सञ्चालक त्रय नै विगत १७ वर्षदेखि सिलाईकटाई र फेसन डिजाइनिङको क्षेत्रमा क्रियाशिल रहेको र सिटिइभिटि लेबल २ पास गरेको भएकाले ढुक्क भएर तालिममा सहभागिता जनाउन उनले सबै महिलाहरुलाई आग्रह गरिन् ।
फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालिमा सिटिईभिटि लेबल २ पास गरेकी महिला उद्यमी तथा होमा डिजाइनरकी सञ्चालिका सर्मिला अधिकारी, फेसन डिजाइनर तथा समुन्नत नेपालकी तालिम प्रशिक्षक आशा बानियाँ उप्रेती, र सिटिईभिटि लेबल २ पास गरेकी महिला उद्यमी सविता चौहानले तालिम प्रदान गर्ने फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालिकी सचिव आशा बानियाँ उप्रेतीले बताइन् । अहिले पनि चार जनाले तालिम लिइरहेको बताउँदै उनले तालिम लिन अन्य महिलाहरुलाई समेत आग्रह गरिन् ।
यसैबीच फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालिको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालिकी अध्यक्ष सर्मिला अधिकारीको अध्यक्षता र बिर्तामोड–५का वडाअध्यक्ष प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालिकी सदस्य सविता चौहानले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष रोहित प्रसाई, कृषि उपज बजार कृषिथोकका अध्यक्ष निरज ओली र बिर्तामोड उघोग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराईले शुभकामना व्यक्त गर्दै फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालिमा सिप सिकेर स्वरोजगार बन्न महिलाहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागी सतासी बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठ, एबिसी नेपालकी अध्यक्ष कन्चना ढकाल सिटौला, बिर्तामोड उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी संघकी अध्यक्ष राधिका चुडाल, महिला सुरक्षा दवाबकी महासचिव नैनकला भट्टराई, बिर्तामोड नगरपालिकाकी लघुउद्यम विकास सहजकर्ता चनिमाया तामाङ , व्यवसायी धनपति भट्टराईलगायतले फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालिलाई निरन्तरताको शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालिकी सचिव आशा बानियाँ उप्रेतीले गरेको आकांक्षा रिजालले जानकारी दिइन् ।