बिर्तामोड । विश्वकर्माको पूजाको अवसर पारेर हाम्रो टेम्पो हाउस बिर्तामोड–५ ले प्रशिक्षणसहित उत्कृष्ट पाँच जना टेम्पो चालकलाई सम्मान टेम्पो चालकलाई सम्मान गरेको छ ।
यसरी ।सम्मानित हुनेहरुमा टेम्पो चालकहरु राज पौडेल, राजीब गिरी, गोपाल गौतम, प्रकाश पाण्डे र एमबाप्पे लिम्बू रहेका छन्।
टेम्पो चालकहरुलाई सवारी नियमको पालना गर्दै यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याएको भन्दै उत्कृष्ट चालकको रुपमा सम्मान गरिएको हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेले बताए ।
उनीहरुलाई बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने , हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरिक्षक पूर्ण प्रसाद गौतम , बिर्ताज्योति साप्ताहिकका प्रकाशक तथा सम्पादक तुलसीप्रसाद निरौलालगायतले
खादा, नगद र सम्मान पत्र प्रदान गरेका थिए ।
सोही कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरिक्षक पूर्ण प्रसाद गौतमले टेम्पो चालकहरुलाई सवारी नियमसम्वन्धी प्रशिक्षण समेत प्रदान गरेका थिए ।
हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले सवारी नियमको पालना गर्दै टेम्पो कुदाउन टेम्पो चालकहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा टेम्पो चालक कमल बस्नेतले टेम्पो चालकहरुको समस्यालाई समाधान गर्न आग्रह गर्दै
हाम्रो टेम्पो हाउसले टेम्पो चालकहरुलाई सम्मान गरेर हौसला प्रदान गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।
हाम्रो टेम्पो हाउसमा टेम्पो खरिद बिक्रीसहित टेम्पो सम्वन्धी मर्मत तथा सम्पूर्ण काम गर्दै आइरहेको हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेले बताए ।
कार्यक्रमको सञ्चालन बिर्ताज्योति साप्ताहिकका प्रकाशक तथा सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।