बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बुद्धशान्ती –२ जयपुरमा रहेको जगदीश्वर शिब पञ्चायन मन्दिरको ज्येष्ठ नागरीक चौतारीलाई साउण्ड सिस्टम ,चामल , फलफूल तथा खानेकुराहरू वितरण गरेको छ ।
‘सम्मानित बुढ्यौलीः विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सबलीकरण’ भन्ने नारासहित ज्येष्ठ नागरिकलाई खुशी राख्न सहयोग गरिएको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट जुनु विमली उप्रेतीले बताइन् ।
इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट जुनु विमली उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका पास्ट प्रेसिडेन्ट रेनु वंशल, इमिडेट पास्ट प्रेसिडेन्ट मोनिका अग्रवालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा क्लवका ट्रेजरर कमला पौडेल, मेम्वरहरु अनिता शर्मा, रेखा अग्रवाल, निलम मित्तल, निशा गिरीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले ज्येष्ठ नागरिकहरुसंग भजनकिर्तनसमेत गरेका थिए ।
कार्यक्रमको सञ्चालन क्लवकी सेक्रेटरी रिजु क्षेत्री पाण्डेले गरेकी थिइन् ।




















