बिर्तामोड। साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोड झापाको आयोजनामा दशै,तिहार, छठ लगायत पर्वहरूको शुभकामना आदानप्रदान तथा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष भगवति ढुङ्गेलको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्य र प्राज्ञ पवन राजवंशीको बिशेष आतिथ्यमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सिग्देलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
अध्यक्ष ढुङ्गेलले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा प्राज्ञ पवन राजवंशी,प्रलेसका केन्द्रीय सदस्य राजेन्द्र संग्रौला, झापा अध्यक्ष लिलाप्रसाद अधिकारी,गायक हस्त परियार, पुण्यप्रसाद खरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा साहित्यकार भरत गुरागाई, गणेश निरौला, तुलसीप्रसाद निरौला,लीला अनमोल, प्रिन्स प्रमोद ढकाल, बिनोद खनाल, मोक्ष खतिवडा, लक्ष्मीअच्युत ढुंगाना,  मधु पोखरेल ,टीका भट्टराई नेपाल, गोपाल संग्रौला,जयप्रसाद आचार्य, डिल्लीराम परदेशी, गंगा ओडारी, पर्शुराम तिम्सिना,अशोक तिवारी,पुस्पा सुबेदी नेपाल, भक्तिप्रसाद मैनाली,जय भण्डारी,कविता शर्मालगायतले रचना वाचन गरेका थिए। कार्यक्रममा बिध्यार्थीहरू सौगात घिमिरे,गृष्मादेश प्रसाई, लुना ओली,सम्बृदि ढुङ्गेल, अस्बिन भारती,अरूण भारतीलगायतले रचना वाचन गरेका थिए।
सोही कार्यक्रममा कवि कविता शर्माको कविता संग्रह समयको बारूदको चर्चा गरिएको थियो । संस्थापक सल्लाहकार डाक्टर गोपीकृष्ण खतिवडाले पुस्तकको चर्चा गरेका थिए।
कार्यक्रममा मातृकाप्रसाद संग्रौलालगायतले मसक बाजा बजाएर  र देवी पञ्चकन्या नौमती बाजा बजाएर मनोरञ्जन प्रदान गरेका थिए।  सरगम संगितालयका कलाकारले दशैसम्बन्धी नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सचिव तुलसीप्रसाद भट्टराईले गरेको सल्लाहकार जनक खड्काले जानकारी दिए।