बिर्तामोड।  पूर्वको पशुपतिनाथले.परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा पहिलो पटक अष्टोत्तोरशत एक सय आठ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञ हुने भएको छ।
आगामी बालाचतुर्दशी पर्वको अवसर पारेर धामको ४२औं बार्षिक अनुष्ठानको अवसरमा  मंसीर ७ गतेदेखि धाममा पहिलो पटक अष्टोत्तोरशत एक सय आठ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञ हुने भएको हो ।
उक्त  अनुष्ठान सफल बनाउन निरज ओलीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ । समितीको सदस्यहरूमा  कुमार भट्टराई, केशब भट्टराई, रमेश समदर्शी ,दिपिन राई, उमाकान्त खनाल, तुलसीप्रसाद निरौला,अमित खम्बू, चतुर्भूज काफ्ले,रश्मीशेखर सुवेदी, राजकुमार ओली,बिनोद पाण्डे,लगायत रहेका छन् ।
अनुष्ठानमा  धामका व्यासाचार्य कुवेर सुवेदीले श्रीमद् भागवत कथा बाचन र एक सय आठ आचार्यहरूद्वारा पाठ पारायण गरिने,  विश्व शान्तीको कामना गर्दै ४० गुणा ४० फुटको हवन कुण्ड बनाएर ५१ जना वटुकहरूद्वारा सातदिन हवन गर्ने धामका मूल अर्चक अग्नि सिग्देलले बताए।
यसैक्रममा अनुष्ठान सफल बनाउन धाम समितिले पत्रकार भेटघाट गरेको छ।
कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशब भट्टराई,  अर्जुनधारा प्रेस क्लवका अध्यक्ष  रमेश समदर्शी ,पूर्व अध्यक्ष दिपिन राई, पत्रकारहरू उमाकान्त खनाल, तुलसीप्रसाद निरौला,अमित खम्बू, चतुर्भूज काफ्ले,रश्मीशेखर सुवेदी, राजकुमार ओलीलगायतले अनुष्ठान सफल बनाउने बताएका थिए।
धामका महासचिव शिवलाल खतिवडा,कोषाध्यक्ष मनोज जोशीलगायतले बोलेको कार्यक्रमको सहजीकरण सचिव कृष्णप्रसाद भट्टराईले गरेका थिए।