बिर्तामोड। झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाको बिस्तारित भेला सम्पन्न भएको छ ।
संस्थाका सचिव भूपाल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष एकराज बिष्टले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाको गतिविधिबारे श्रव्य दृश्य मार्फत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा अध्यक्ष टसबहादुर श्रेष्ठले संस्थाको गतिविधिबारे बताउंदै संस्थाकों आगामी २४ औं बार्षिक साधारण सभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रमबारे सदस्यहरूको राय र सुझाव मागेका थिए। सदस्यहरुले बिभिन्न सुझाव दिएका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका लेखा बिभाग प्रमुख लक्ष्मीनारायण भट्टराईले गरेका थिए।