बिर्तामोड । उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ झापाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सन्दीप गिरीको अध्यक्षता तथा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाँईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा अध्यक्ष गिरीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा संस्थाको आगामी कार्य योजना प्रस्तुत गरेका थिए।
कार्यक्रममा कोषाध्यक्ष अर्जुन उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा डाइनामिक पब्लिक लाइब्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपाने र युवा उद्यमी सचिन निरौलालगायतले आफ्नो अनुभव सुनाएका थिए। उनीहरुले अपाङ्गता भएका युवा उद्यमीहरूलाई व्यापार व्यवसायमा प्रोत्साहित गर्न सरकारले सहयोग गर्नुपर्ने बताए।
कार्यक्रममा प्रमुख अतिथि गुरागाँईले युवा उद्यमीहरूलाई व्यापार व्यवसायमा प्रोत्साहित गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए।
समुदायलाई उद्यमशीलतासंग जोड्दै लैजाने परिकल्पनामा २०८० साल फागुन ८ गते स्थापना गरिएको संस्थाको उद्यमीहरूलाई आवश्यक साथ सहयोग गरी उनीहरुलाई सशक्तीकरण गर्ने,सफल उद्यमीहरूको सफलताको कथामार्फत नया उद्यमीहरूलाई उत्प्रेरित गर्ने,नया व्यवसायीक योजना निर्माणका लागी सदस्यहरूलाई आवश्यक सहयोग गर्ने,छनौट भएका व्यवसायीका योजनालाई कार्यान्वयनको प्रतिबद्धता दिलाउने उद्देश्य रहेको छ ।
कार्यक्रममा उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ ले प्रबर्द्धन गरेको भन्दै बगान चिया क्याफेलाई उत्प्रेरक उद्यमी समाजको लोगो प्रदान गरिएको थियो ।
दमकस्थित बगान चिया क्याफेमा भएको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव नवीन भण्डारीले गरेका थिए।