बिर्तामोड। लैङ्गिक हिंसाविरूद्दको १६ दिने अभियानको अवसरमा झापामा लैङ्गिक हिंसाको अवस्था र सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मानव अधिकार सञ्जाल झापाको आयोजना तथा न्याय तथा बिकासका लागी सामाजिक सञ्जाल एसएनजेडीको सहकार्य र लुथरन बल्ड फेडरेसनको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डाः रूपक खनालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मानव अधिकार सञ्जाल झापाका सदस्य नरेश खातीले स्वागत गरेका थिए।
कार्यक्रममा  महिला मानवअधिकार रक्षक सञ्जाल झापाकी अध्यक्ष अधिबक्ता कविता बांस्तोलाले  झापामा लैङ्गिक हिंसा अवस्था , कारण र सुझाव बारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
त्यस्तै नेपाल बार एसोसिएसन झापाका उपाध्यक्ष अधिबक्ता भिम बरालले झापामा लैङ्गिक हिंसाको अवस्थाबारे जानकारी गराएका थिए भने  इलाका प्रहरी कार्यालय बिर्तामोडका बिध्यानन्द मेहताले  बिर्तामोड सहित झापामा भएको लैङ्गिक हिंसाको घटना र कारबाही बारे जानकारी गराएका थिए।

कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती,अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, झापा गाउंपालिकाकी कार्यबाहक अध्यक्ष अञ्जुदेबी थपलिया, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईलगायतले लैङ्गिक हिंसाबिरूद्द लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा  एसएनजेडीका  कार्यक्रम संयोजक  कुमार चुडालले झापाका पालिकाहरूमा लैङ्गिक हिंसा निवारण कोष रहेपनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको बताएका थिए।
कार्यक्रमको सञ्चालन मानव अधिकार सञ्जाल झापाका सदस्य रञ्जन धमलाले गरेका थिए।