बिर्तामोड। कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको २४ औं बार्षिक साधारण सभा अन्तर्गत माईन्यौट प्रमाणित सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षता तथा भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा  भएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा झापा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष उपेन्द्रप्रसाद ओली,  झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेशप्रसाद ढकाललगायतले शुभकामना मन्तव्य  राखेका थिए ।
कार्यक्रममा संस्थामा मासिक रकम बचत गर्दागर्दै निधन भएका  नारायणप्रसाद यादवको परिवारलाई राहत रकम २  लाख रूपैयाँ प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव भूपाल बस्नेतले गरेको लेखा बिभाग प्रमुख लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए।